विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी कालीगण्डकी–रिडी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले गण्डकी प्रदेशको स्याङ्जादेखि लुम्बिनी प्रदेशको पाल्पासम्म २२.४५ किलोमिटर लामो लाइन निर्माण गर्ने भएको हो । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको गल्याङ नगरपालिका हुदै पाल्पाको बगनासकाली गाउँपालिका, तानसेन नरपालिकास्थित प्रस्तावित १३२/३३ केभी रिडी सबस्टेसनसम्म लाइन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न प्राधिकरणको नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । विभागले विद्युत ऐन २०४९  को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १५ बमोजिम प्राधिकरणलाई अनुमतिपत्र दिन लागेको हो । प्राधिकरणलाई अनुमति पत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभाग तथा प्राधिकरणको कार्यालयमा आइपुग्ने गरी सरोकारवालाबाट राय/सुझाव मागिएको हो ।

२३० मेगावाट विद्युत प्रवाह क्षमता भएको लाइनमा ८४ वटा टावर रहनेछ । एक टावरदेखि अर्को टावरसम्मको दुरी न्यूनतम १३५ र अधिकतम ७६४ मिटर हुनेछ । लाइन निर्माण सुरु भएको ३६ महिनाभित्र पूरा गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit