विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित बृहत धौलिगाड खानेपानी आयोजनाको काम सुरु भएको छ ।  विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको काम गत चैत ५ गते (शनिबार) देखि सुरु भएको हो ।  

खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजना निर्माण अब सरकारको प्रथामिकता परेको बताएकी छन् । खानेपानी आयोजनाकाे शिल्यान्यास गर्दै उनले यस्तो बताएकी हुन् ।

यो आयोजना कर्णाली प्रदेशको मेलम्ची भएको चौधरीले बताईन । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ, धौलिगाड वृहत खानेपानी आयोजनामा पनि साढे दुई वर्षमै सकिन्छ ।’ 

‘निर्माण प्रक्रिया अघि बढेको छ’ उनले भने, ‘समयमै खानेपानी निर्माण हुनेमा विश्वास लिएको छु ।’  वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो ।  एक अर्ब २६ करोड ८ लाख लागतमा निर्माण हुन लागेको यो आयोजनाले साढे दुई वर्षभित्र स्थानीयको घरघरमा पानीको पहुँच पुर्याउने लक्ष्य छ ।

बजेटको सुनिश्चितता भएपनि डेढवर्षदेखि अलपत्र अवस्थामा पुगेको आयोजनाको काम सुरु भएको छ । उक्त आयोजनाबाट चन्दननाथ नगरपालिकासहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी लाभान्वित हुनेछन् । आयोजनाअन्तर्गत ३ हजार ३ सय भन्दा बढी धारा निर्माण गरिनेछ । खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तीले आयोजनाबाट राहत पाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३