विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल–भारत ९औं जलस्रोत सचिवस्तरीय संयुक्त बैठक (जेसिडब्लूआर) ले दुवै देशको सहमतिमा महाकाली नदीमा निर्मित टनकपुर ब्यारेज सञ्चालन मोडालिटी तयार गर्ने निर्णय गरेको छ । बिहीबार (असोज ७ गते) सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक समापनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको आधा दर्जनभन्दा बढी निर्णयहरू सहितको विज्ञप्तिमा बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढाउने लगायत विषय छन् । पञ्चेश्वरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रूप दिन विज्ञ समूहको कार्यावधि थप गरी आगामी ३ महिनाभित्र चौथो बैठक गर्ने निर्णय भएको छ ।

यसैगरी, पञ्चेश्वर निर्माणका लागि गठित पञ्चेश्वर विकास प्राधिकरण (पिडिए) मा दुवै पक्षबाट पूर्णकालीनरूपमा काम गर्न ३ महिनाभित्र कार्यकारी समितिका पदाधिकारी पठाउने निर्णय भएको छ । यस्तै, महाकाली सन्धि बमोजिम टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि पाउने पानीका सम्बन्धमा शारदा ब्यारेज सञ्चालन मोडालिटी अनुसार नै आपसरी सहमतिमा टनकपुर ब्यारेज सञ्चालन मोडालिटी तय गर्ने निर्णय भएको छ ।

सोही बैठकले सप्तकोसी उच्चबाँध आयोजनाको डुबान क्षेत्र, माथिल्लो तटीय क्षेत्रमा प्रस्तावित/सञ्चालित आयोजनाहरूलाई मध्यनजर गर्दै उक्त आयोजनाको संयुक्त प्राविधिक समितिको बैठक एक वर्षभित्र गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । सँगसँगै नदी कटान, डुबानका समस्या समाधानमा समेत सहकार्य गरेर काम गर्ने उल्लेख छ ।

भारतको नयाँ दिल्लीमा जेसिडब्लुआरको ८औं बैठक भएको झण्डै ४ वर्षपछि अर्थात् ३ वर्ष ८ महिनापछि ९औं बैठक बस्याे । ८औं बैठक २०७५ साल पुस २५ गतेदेखि २७ गतेसम्म बसेको थियो भने ७औं बैठक २०६९ साल माघ ११ र १२ गते काठमाडौंमा बसेको थियो । यस्तै, छैटौं बैठक २०६८ साल मंसिर ८ र ९ गते दिल्लीमा भएको थियो ।

८औं बैठकमा महाकाली नदीबाट नेपालले पानी पाउनुपर्ने सतह (सिल लेभल), चाँदनी र दोधारामा पानी उपलब्ध गराउनुपर्ने विषय, सप्तकोसी उच्च बाँधलगायत मुद्दाबारे छलफल भए पनि केही निर्णय भएन । जलस्रोत सचिवस्तरीय बैठकमा महाकालीबाट नेपालले पाउनुपर्ने पानीको सतह निकै पेचिलो बन्ने गरेको छ तर यसको टुंगो अझै लागेको छैन ।

मन्त्रालयले जारी गरेकाे विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit