विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले सुनकोसी–मरिन डाइभर्सन (नदी पथानान्तरण) बहुउद्देश्यीय आयोजना विकास गर्न २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत उक्त बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

सरकारले चालू आव २०७७/७८ मा समेत उक्त आयोजनालाई त्यति नै बजेट विनियोजन गरेको थियो । सुनकोसी नदीको पानी मरिनमा खसालेर सिँचाइ तथा जलविद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण प्रक्रिया अगाडि बढाइएको छ । केही महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना निर्माणको शिलन्यास गरेका थिए ।

सरकारले आव २०७६/७७ मा सुनकोसी–मरिनलाई २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

मरिन बागमती नदीको सहायक खोला हो । सुनकोसीबाट मरिनमा पानी खसालेपछि त्यो बागमतीमै मिसिन्छ । र, बारा, रौतहट, सर्लाही र महोत्तरीमा १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ ।

सुनकोसीको पानी १३ किलोमिटर सुरुङ खनेर मरिनमा झारी ४३ मेगावाट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजना निर्माण पूरा गर्न ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit