विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्राहकले नियमित विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण रत्ननगर टांडी वितरण केन्द्रको बाँकी बक्यौता १७ कराेड रुपैयाँ बढी पुगेको छ । वर्षौदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो ।

लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको करिब १७ करोड २५ लाख ६४ हजार रुपैयाँ विद्युत महसुल उठाउन बाँकी रहेको केन्द्रका लेखा प्रमुख उमानाथ रेग्मीले बताए । उनका अनुसार बक्याैता नबुझाउनेमा औद्योगिक, व्यापारीक, खानेपानी सस्थान र सडक बत्ती रहेका छन् ।

केन्द्र अन्तर्गतको सडक बत्तीको मात्र ८ करोड ७ लाख ७९ हजार ७ सय रुपैयाँ उठाउन बाँकी रहेको  रेग्मीले बताए । बक्यौता धेरै भएपछि वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गर्दै आएको छ । 

विद्युत बक्यौता बढ्दै गएपछि लाइन काटेर जरिवानासहित असुल्ने अभियानलाई तिव्रता दिइएको छ । केन्द्रले लामो समयसम्म विद्युत महसुल नबुझाउने १४२ ग्राहकलाई कालोसूचीमा राखेको छ । यी कालोसूचीमा परेका ग्राहकले २७ लाख ५९ हजार ९६ रुपैयाँ महसुल नबुझाएपछि लाइन काटेर कालोसूचीमा राखिएको हो । अहिले केन्द्र अन्तर्गत ६५ हजार ग्राहक छन् ।

कर्मचारीमाथि हातपात गर्ने श्रेष्ठले मागे माफी

लामो समयसम्म महसुल नबुझाएपछि लाइन काट्न जादाँ कर्मचारी माथि हातपात गर्ने सिचाईचुली काष्ठ फर्निचर उद्योगका सञ्चालक राज श्रेष्ठले माफी मागेका छन् । बक्यौता असुली कार्यमा खटिएका कर्मचारीमाथि हातपात गर्ने श्रेष्ठले आइतबार (हिजाे) माफी मागेका हुन् ।

आइतबार केन्द्रका कर्मचारी, स्थानीय र प्रहरीको रहोबरमा श्रेष्ठले माफी मागेको केन्द्र प्रमुख नविन कुमार लाभले बताए । उद्योगको जरीवानासहितको करिब ३० हजार रुपैयाँ बक्यौता नबुझाएपछि प्राधिकरणको प्रचलित विनियमावली अनुसार नै लाइन काट्न गएका कर्मचारीमा हातपात भएको थियो । कर्मचारीमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही नभए सार्वजनिक मुद्दा चलाउने भएपछि श्रेष्ठले बाँकी बक्यौता बुझाएको थियो ।

यो पनि पढ्नुहोस

महसुल असुलीमा खटिएका प्राधिकरणका कार्मचारीमाथि हातपात, कारबाही नभए मुद्दा चलाइने

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit