विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा विद्युत चुहावट नियन्त्रणबाट मात्र करिब २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आव २०७७/७८ को तुलनामा गत वर्ष १.८० प्रतिशत चुहावट घटाउँदा सो रकम आम्दानी भएको हो ।

प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएको अभियानबाट विद्युत चुहावट १५.३८ प्रतिशतमा झारिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अघिल्लो वर्ष १७.१८ प्रतिशतमा रहेको चुहवाट १.८० प्रतिशतले घट्दा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ ।

‘चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्याैता असुलीमा कडाई, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणलगायतलाइ अभियानकै रुपमा अघि बढाइएको थियो,’ उनले भने, ‘यो वर्ष पनि चुहावट नियन्त्रणका लागि थप व्यवस्थित र प्रभावकारी रुपमा अभियान अघि बढाइनेछ ।’

विद्युत प्रणालीमा आव २०७२/७३ मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरूमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारिएको थियो । आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३