विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विभिन्न सहरमा विद्युतीय तार भूमिगत गर्ने काम तिव्र गतिमा अघि बढाएको छ । प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनाले काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढिकरण आयोजना अन्तर्गत भूगिमत लाइनको काम गरिरहेको हो ।

प्राधिकरणले विभिन्न क्षेत्रको विद्युत् सेवा बन्द गरी लाइन भूमिगत गरिरहेको छ । प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले भूमिगत लाइनको काम गर्न माघ १३ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध गर्ने भएको छ । दैनिक ४ घण्टा सेवा बन्द गरेर काम भइरहेको छ ।

केन्द्र अन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्न बालुवाटार, चुनिखेल, शिवपुरी, तारेभिर, गणेशस्थान, र महाराजगञ्ज–१ फिडरको सेवा बन्द गरेको छ । केन्द्रले आज (आइतबार) बालुवाटार फिडर बन्द हुँदा महाराजगञ्ज मिनिसादेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र प्रभावित हुने जानकारी दिएको छ ।

यसैगरी, माघ ८ गते तारेभिर फिडर, माघ ९ गते चुनिखेल फिडर, माघ १० गते शिवपुरी फिडर, माघ ११ गते गणेशस्थान फिडर, माघ १२ गते महाराजगञ्ज–१ र माघ १३ गते चुनीखेल फिडरबाट वितरण हुने विद्युत् सेवा बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit