सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । माघ २० गतेभित्र लाइन चार्जिङ गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना प्रमुख रवि चौधरीका अनुसार हाल करिब ५०० मिटर प्रसारण लाइनको तार तान्न बाँकी छ । ७० करोड रुपैयाँको लागत अनुसमान रहेको उक्त आयोजना करिब ६ वर्षअघि सुरु गरिएको थियो । आयोजनाको आयोजनाको भौतिक प्रगति शतप्रतिशत पुगेको उनले जानकारी दिए ।
आयोजनाको परीक्षण कार्य आगामी एक साताभित्र सम्पन्न गरी १५ दिनभित्र विद्युत् प्रवाह सुरु गर्ने तयारी रहेको आयोजना प्रमुख चौधरीले बताए । प्रसारण लाइन सञ्चालनमा आएपछि कोहलपुर–सुर्खेत क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।