विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सुपर बागमती हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने ४१.३१ मेगावाटको सुपर तल्लाे बागमती जलविद्युत् आयाेजनामा लक्ष्मी सनराइज बैंकको अगुवाइमा ३ बैंकले लगानी गर्न टुंगाे लागेकाे छ ।

ललितपुर र मकवानपुर जिल्लालाई छुने आयोजनामा लक्ष्मी सनराइजसहित एभरेस्ट बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले क्रमश: ३.४ अर्ब, २.५ अर्ब र १ अर्ब रुपैयाँ लगानी गर्ने सम्झाैता भएकाे छ । कुल ९ अर्ब २८ करोड रुपैयाँ लागत अनुमान गरिएकाे आयाेजनामा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एनएनके कन्स्ट्रक्सन मुख्य प्रवद्धक रहेका छन् ।

२०७८ माघ १२ गते विकास विभागबाट विद्युत उत्पादनको अनुमतिपत्र लिएर २०८० आसार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ । बैंकहरूले कुल लागतको ७४.३३ प्रतिशत ऋण लगानी र २५.६७ प्रतिशत रकम संस्थापकहरूको लगानी रहने छ । आयोजनाबाट वार्षिक २४३.८० गिगावाट घन्टा (२४ कराेड ३८ लाख युनिट) ऊर्जा उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३