विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनाभित्र होङ्सी शिवम् सिमेन्ट उद्योगमा विद्युत पुर्याउने दाबी गरेकाे छ । करिब आधा दशकसम्म बर्दङाट-सर्दी १३२ केभी लाइन निर्माण नभएपछि वैकल्पिक उपाय अपनाएर हाेङ्सीमा बिजुली पुर्याउने याेजना अगाडि बढाइएकाे हाे ।

चीनकाे मुख्य लगानी रहेकाे हाेङ्सी सिमेन्टले लामाे समयदेखि आवश्यक परिमाणमा विद्युत उपलब्ध नभएकाे भन्दै गुनासाे गर्दै आएकाे थियाे । याे गुनासाे सम्बाेधन गर्न पनि निर्माणाधीन २२० केभी हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइनमा ट्यापिङ गरेर विद्युत दिने तयारी गरिएकाे बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइन आयोजना प्रबन्धक हरी पाण्डेले बताए ।

पण्डेका अनुसार हेटौडा–भरतपुर–बर्दघाट अन्तर्गत भरतपुर–बर्दघाट खण्डको दुम्किबासस्थित २०१ नम्बर टावरमा ट्यापिङ गरेर विद्युत पुर्याउनेछ । बर्दघाट–सर्दी लाइनमा पर्ने रुख कटानका कारण काम सम्पन्न गर्न ढिला हुने भएकोले वैकल्पिक रुपमा सेवा पुर्याउने लागिएको उनले दाेहाेर्याए ।

२०७३ बैशाखदेखि निर्माण सुरु भएको १३२ केभी बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइन ९० प्रतिशत बढी पूरा भएको पाण्डेकाे भनाइ छ । होङ्सी शिवम्मा दिगो र गुणस्तरीय विद्युत सेवा दिन तथा स्थानीय क्षेत्रमा विद्युतीकरण गर्न निर्माण भइरहेको प्रसारण लाइनको १० वटा मात्र टावर ठड्याउन बाँकी छ । यस लाइनमा ६७ वटा टावर निर्माण हुनेछन् । तार तान्ने काम पनि वन क्षेत्रमा मात्र बाँकी रहेकाे पाण्डेले बताए ।

‘लाइनको करिब १ हजार ३ सय बढी रुख काट्न बाँकी छ,’ उनले ऊर्जाखबरसँग भने, ‘लगातार परिरहेको वर्षाका कारण रुख काट्न सकिएको छैन्, जसले आयोजनाको सम्पन्न गर्न ढिला हुने देखिन्छ, करिब ५ हजार ६ सय रुख कटान गर्नुपर्नेमा ४ हजार ३ सय रुख काटिसकिएको छ ।’

कोरोना (कोभिड–१९) महामारीको जोखिम नियन्त्रण गर्न गरिएको निशेधाज्ञा र बर्खा लाग्नसाथ भएको निरन्तर वर्षाले निर्माण प्रभावित हुँदा लाइन सम्पन्न गर्न नसकिएको उनले बताए । मौसममा सुधार भएमा रुख कटान कार्यलाई तिव्रता दिइने आयोजनाले जनाइएको छ । लाइन सम्पन्न गर्न ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएपछि एउटा सर्किटबाट होङ्सी शिवम् र अर्को सर्किटबाट स्थानीय क्षेत्रमा विद्युत सेवा वितरण गर्ने गरी लाइनको काम सुरु गरिएको हो । नवलपरासी सुस्ता पश्चिममा रहेको यो सिमेन्ट उद्योगले अहिलेसम्म राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पाउन सकेको छैन ।

२०७५ साल असारदेखि सिमेन्ट उत्पादन सुरु गरेको उद्योगले आफैं विद्युतको वैकल्पिक व्यवस्था गरेको छ । ५० मेगावाट विद्युत आवश्यक पर्नेमा १२ मेगावाट विद्युत उद्योगको भट्टीको तापबाट उत्पादन गरेर खपत गरिएको छ भने बाँकी विद्युतका लागि थर्मल प्लान्टबाट उत्पादन गरी उपभाेगमा ल्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit