विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी बैशाखमा आयोजना गर्ने भएको छ । इपानले हरेक दुई/दुई वर्षमा गर्दै आएको हाइड्रो एक्स्पो आगामी बैशाख १२ गतेदेखि १४ गतेसम्म गर्न लागेको हो ।

एक्स्पो आयोजनाका लागि इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत् भारतमा र ५ हजार मेगावाट बंगलादेशमा र १३ हजार ५०० मेगावाट विद्युत् आन्तरिक रूपमा खपत गर्ने योजना बनाएको छ ।

नेपाल र भारतबीच नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता भरखरै भएको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इपानका अध्यक्ष गणेश कार्कीले बताए ।

नेपालमा ऊर्जा क्षेत्रका लगानीकर्ताहरूको एक मात्र संस्था इप्पानले आयोजना गर्ने एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।

एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरू, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सिमेन्ट, डण्डी लगायतका सामाग्रीको प्रदर्शनी हुनेछ । यस सँगै जलविद्युत, सोलार, हाइड्रोजन लगायतका विषयमा सेमिनार तथा छलफलसमेत आयोजना गरिने छ ।

एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरूकोबीचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत आयोजनाको वारेमा जानकारी दिन डेमोहरू प्रस्तुत गरिने छन् ।

एक्स्पोमा २०० भन्दा बढी स्टल रहने र करीब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३