विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रसारण प्रणाली नपुगेको ठाउँमा विद्युतीकरण गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दामान विष्टले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

प्रदेश अर्न्तगतका विभिन्न जिल्लाका विद्युत नपुगेकाे स्थानमा विद्युतीकरण गर्न साे रकम छुट्याएकाे विष्टले बताए । कर्णाली प्रदेशमा जलविद्युतको उत्पादन कार्यलाई प्रभावकारी बनाउन विद्युत विकास सम्बन्धी संस्थागत संरचना स्थापना गर्ने भएको छ । सम्पूर्ण कर्णाली बासीलाई उज्यालो प्रदान गर्न विद्युत सेवा नपुगेका स्थानहरुमा ग्रामीण विद्युतीकरणलाई प्राथामिकता दिई रकम छुट्याएको छ ।

यस्तै, राष्ट्रिय विद्युत प्रसारण लाइन नपुगेका प्रदेशका दुर्गम तथा भौगोलिक रुपमा विकट स्थानमा लघु जलविद्युत, सौर्य ऊर्जा, बायोग्याँस र वायुऊर्जा लगायतका  वैकल्पिक ऊर्जा प्रबन्द्धक तथा मर्मत सम्भार गर्ने व्यवस्था गरिएको छ ।

यस्तै, जलस्रोत गुरुयोजना तयार गरी सिँचाइ, खानेपानी, जलाशाय र जलविद्युतको एकीकृत विकास गरिने र बहुउदेश्यीय उपयोगका लागि सार्वजानिक, निजी, साझेदारीलाई प्रेरित गरिने याेजना बनाइएकाे छ । जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा प्रदेश सरकारको तर्फबाट सेयर लागनी गर्ने व्यवस्था गरेको छ ।

 खानेपानी तथा सरसफाई, सिचाई, नदी नियन्त्रण र ऊर्जा विकास तफ ३ अर्ब ७९ करोड छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit