विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दशकौँदेखि पूर्वाधार, ऊर्जा विकास तथा कूटनीतिक क्षेत्रमा क्रियाशील विज्ञहरूको संलग्नतामा नयाँ विश्वविद्यालय स्थापना गरिएको छ । 'नेपाल विश्वविद्यालय' नाम दिइएको यसमा उप-कुलपति र रजिष्ट्रारसमेत नियुक्त गरिएको छ । कुलपतिमा यसअघि नै डा. विन्दुनाथ लोहनी नियुक्त भएका छन् ।

उक्त विश्वविद्यालयको उप-कुलपतिमा वरिष्ठ चिकित्सक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउप-कुलपति डा. अर्जुन कार्की र रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उप-कुलपति र रजिष्ट्रार नियुक्त गरेको जनाइएको छ ।

सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनहरूमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारलाई संक्षिप्त सूचीमा समावेश गरी कार्यपत्र प्रस्तुतिकरण र अन्तर्वार्ता सम्पन्न गरेको थियो। सोही आधारमा समितिले सर्वोत्कृष्ट उम्मेदवारको नाम सिफारिस गरेको संरक्षक परिषद् कार्यकारी समितिका अध्यक्ष लालकृष्ण केसीले जानकारी दिए ।

२०८१ कार्तिकमा संघीय संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल विश्वविद्यालय ऐन २०८१ अनुसार, विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था पनि जनाइएको छ । कुलपतिको छनोट संरक्षक परिषद्का सदस्यमध्येबाट संरक्षक परिषद्ले गर्ने प्रावधान अनुसार यसअघि नै एसियाली विकास बैंक (एडिबी) का पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीलाई विश्वविद्यालयको पहिलो कुलपति छनोट गरिसकिएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालय संरक्षक परिषद्का पदेन बाहेकका अन्य सदस्यहरूमा डा. राममनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीशचन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, ई. लालकृष्ण के सी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन् ।

अन्तरविधात्मक अवधारणा अनुसार विविध सङ्कायमा उच्च शिक्षाको अध्ययन हुने सार्वजनिक तथा गैर-नाफामुलक प्रकृतिको यस विश्वविद्यालयले उच्च गुणस्तरीय अनुसन्धानमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । सक्षम, जिम्मेवार, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी जनशक्ती उत्पादन गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने समेत विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार देश तथा विदेशका शिक्षाविद्, प्राज्ञ, विज्ञ र नागरिक समाजका प्रबुद्ध व्यक्तित्वको केही वर्षदेखिको निरन्तरको प्रयास र राजनीतिक नेतृत्व तथा नेपाल सरकारको अपनत्व र समर्थनको परिणामस्वरूप यस विश्वविद्यालयको स्थापना भएको हो।

विश्वविद्यालयले प्राज्ञिक कार्यक्रम आफ्नै आंगिक क्याम्पसबाट मात्र सञ्चालन गर्ने र सम्न्धन नदिने नीति लिएको छ । विश्वविद्यालयका पूर्वाधार निर्माण तथा आंशिक सञ्चालन खर्च सरकारको सहायताबाट तथा दीर्घकालीन विकास र सञ्चालनका लागि आवश्यक स्रोतहरू द्विपक्षीय–बहुपक्षीय दातृ निकाय, निजी क्षेत्र तथा व्यक्तिबाट दान–चन्दा, विद्यार्थी शुल्क र विश्वविद्यालयका अन्य आम्दानी स्रोतबाट व्यवस्थापन गरिने उल्लेख छ ।

निजी क्षेत्र तथा समुदायसँगको सहकार्यलाई प्रारम्भिक चरणदेखि नै उच्च प्राथमिकतामा राख्दै विश्वविद्यालयले सन् २०२६ (वि.सं. २०८३) को शरद सत्रदेखि अन्तरविधात्मक अवधारणा अनुसार विज्ञान, मानविकी, सूचना प्रविधि लगायत विषयहरूमा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३