काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० काे वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको देखिएको छ ।
गत वर्षमा कम्पनीले खुद नाफा २६ करोड ७३ लाख २९ हजार रुपैयाँ कमाएकाे थियाे । अघिल्लाे वर्ष २७ करोड ४१ लाख ५० हजार रुपैयाँ नाफा कमाएका यस कम्पनीको खुद नाफा घटेको देखिएको हो ।
खुद नाफा घटेसँगै कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको देखिएको छ । अघिल्लाे वर्ष ७७ करोड ५० लाख ४९ हजार आम्दानी गरेको यस कम्पनीले गत वर्ष ७२ करोड ४४ लाख १७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।
कम्पनीको १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला, ४ मेगावाटको खुदी र ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । यी आयोजनाहरुले हाल निन्तर विद्युत उत्पादन गरिरहरको छ ।