विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुनसरीमा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन आगामी पुसदेखि सञ्चालनमा आउने भएका छन् । निर्माण अन्तिम चरणमा पुगेका दुवै सबस्टेसन अबको ३ महिनाभित्रमा सञ्चालनमा आउन लागेका हुन् । 

देशको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण गर्ने उद्देश्यले ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) सबस्टेसनको काम धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

४०० केभी सबस्टेसनका लागि ट्रन्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू जडानका लागि सबस्टेसन निर्माणस्थलमा ल्याइसकिएको छ । २२०/१३२/३३ केभी सबस्टेसनमा भने उपकरण जडान कार्य सकिएको छ । प्राधिकरणका अनुसार ४०० केभी सबस्टेसनको निर्माण ६५ प्रतिशत सकिएको छ । २२०/१३२/३३ केभी सबस्टेसनको भौतिक प्रगति ८५ प्रतिशत छ । 

आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातालाई निर्धारित तालिका बमोजिम नै सबस्टेसन सम्पन्न गरेर  सञ्चालनमा ल्याउने गरी काम गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । सबस्टेसन अवलोकनका लागि इनरुवा पुगेका उनले सम्बन्धित सबैसँग छलफल गरी ३ महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

‘मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत दिन र आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनको चाँडै सम्पन्न गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘निर्माणका अवधिमा आउने समस्या समाधानका लागि सहयोग गर्न तयार छौं । तर, अब पनि निर्माण अवधि थपेर काम लम्ब्याउन सकिँदैन ।’ सबस्टेसन सम्पन्न भई सञ्चालनमा आएपछि पूर्व क्षेत्रको विद्युत प्रसारण प्रणालीको गुणस्तरमा सुधार हुने उनले बताए ।

सबस्टेसन तयार भएपछि कोसी कोरिडोर प्रसारण लाइनको इनरुवा–तुम्लिङटार खण्ड २२० केभीमा सञ्चालन गर्न सकिनेछ । यो सबस्टेसन सम्पन्न भइनसकेका कारण यो प्रसारण लाइन अहिले ३३ केभीमा सञ्चालन गरिएको छ । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण भइरहेका/हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत इनरुवा–तुम्लिङटार प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनसम्म आइपुग्नेछ ।

सरकारको लगानी रहेको ४०० केभी सबस्टेसन निर्माणका लागि २०७५ पुसमा  ठेक्का सम्झौता भएको थियो । सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि भएको पुरानो ठेक्कालाई रद्ध गरी २०७५ पुसमा नयाँ ठेक्का गरिएको थियो । 

बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) महामारी रोकथाम एवं नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । 

सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ । सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit