images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नेपाल वायुसेवा निगमको हवाईजहाजमा यात्रा गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजमा अन्तराष्ट्रिय यात्रा गर्दा टिकटमा छुट पाउने भएका हुन् ।

प्राधिकरण र निगमबीच एक आपसमा सहकार्य गर्न सोमबार (आज) समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता अनुसार अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तराष्ट्रिय  उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् ।

कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् ।

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५ देखि १० प्रतिशत छुट पाउनेछ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तराष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ । एमओयूमा गरिएका व्यवस्था कार्यान्वयनका लागि तत्काल परिपत्र गरिने घिसिङले बताए ।

डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ  सिकेर काम गर्न निगम व्यवस्थापनलाई मन्त्री आलेले आग्रह गरे । अन्तराष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेश गरिसकेकोले यस बारेमा छिट्टै निर्णय गरिने आलेले बताए ।

सचिव न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit