विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । साढे ४ मेगावाटको विजयपुर-२ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कास्कीमा निर्माण सम्पन्न आयोजनाको विद्युत शुक्रबार दिउँसोदेखि प्रसारण प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको परीक्षण गरेपछि विद्युत उत्पादन सुरु गरेको प्रवद्र्धक सिभिल हाइड्रो पावर कम्पनीका वित्तीय व्यवस्थापक निराजन महर्जनले बताए । उनका अनुसार आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको छ ।

‘आयोजनाबाट परीक्षण उत्पादन सुरु गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘१५ दिनको विद्युत प्राधिकरणलाई निशुल्क दिएपछि व्यावसायिक उत्पादन सुरु हुनेछ ।’ उनले कोरोना (कोभिड–१९) महामारीका कारण आयोजनाको काम प्रभावित हुँदा लक्ष्यभन्दा झण्डै १ वर्ष ढिलो गरी उत्पादन सुरु गर्न सफल भएको बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी लेखनाथ सबस्टेसनमा जोडिएको छ । आयोजनाबाट २०७६ फागुनदेखि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोना महामारीका कारण नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक नेपाल फर्किन नसक्दा परीक्षण सुरु गर्न सकिएको थिएन । 

यसबिचमा चिनियाँ प्राविधिकले अनलाइनमार्फत दिने निर्देशनअनुसार आयोजनाको परीक्षणको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । एक महिनाअघि मात्रै चिनियाँ प्राविधिक फर्किएपछि विद्युतगृहको बाँकी काम सम्पन्न गरेर परीक्षण सुरु गरिएको महर्जनले बताए । 

कम्पनीले कोरोना असरका कारण आयोजनाबाट निर्धारित तालिकाअनुसार विद्युत उत्पादन सुरु गर्न नसकेकोबारे विद्युत प्राधिकरणलाई पत्रमार्फत जानकारी गराएको थियो । आयोजना सम्पन्न गर्न ९५ करोड रुपैयाँ खर्च भएको छ ।

औद्योगिक घराना केसी समूहको लगानी रहेको आयोजनामा २ बैंकले ७१ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यो विजयपुर–१ को क्यासकेड आयोजना हो । विजयपुर–१ निर्माण सम्पन्न भई  यसअघि नै सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३