विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संस्थागत परामर्श सेवा दिने उद्देश्यले मिड सोलु हाइड्रो पावर कम्पनी लिमिटेड र एनआईसी एसिया क्यापिटलबीच बिहीबार (जेठ ५ गते) सम्झौता भएको छ । क्यापीटलको ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई स्थापनाकालदेखि नै आइपिओ (सेयर) जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण सेवा उपलब्ध गराउनेछ । हाइड्रो पावर कम्पनीले ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको सेयर निष्कासन गरी बाँडफाँड गर्न क्यापिटललाई बिक्री प्रबन्धक तोकेको हो ।

सोलुले निकट भविष्यमा आयोजना प्रभावित स्थानीय र सर्वसाधरण (सामूहिक लगानी कोष तथा कर्मचारी सहित) लाई सेयर निष्कासन गर्नेछ ।
क्यापिटलको योजना अन्तर्गत कुनै पनि कम्पनीले तत्काल आइपिओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको सेयर जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रक्रिया तथा कागजातका सम्बन्धमा आवश्यक परामर्श तथा मार्गनिर्देशन गरी यथाशिघ्र सेयर जारी गर्ने योग्य बनाउन महत्वपूर्ण योगदान प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३