विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले  आफ्ना शेयर धनीलाई ५ प्रतिशतका दरले बोनस शेयर बितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको मङलबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट उक्त बोनस शेयर बितरण गर्ने निर्णय गरेको हो । यस अनुसार हाल कम्पनीको कायम चुक्तम पूँजी २ अर्ब १० करोडको ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख बराबरका १० लाख ५० हजार कित्ता बोनस शेयर बितरण गरिने छ । साथै यसको कर प्रयोजनका लागि ०.२६३१५ प्रतिशतका दरले हुन आउने ५५ लाख २६ हजार ३१६ रूपैयाँ नगद लाभांश बितरण गर्ने भएको छ । 
कम्पनीको साधारणसभा कात्तिक ५ गते हुने भएकोले असोज १६ गते देखि शेयर धनी दर्ता किताब बन्द (बुक क्लोज) रहने जानकारी दिइएको छ ।  

कम्पनीले कास्कीको मादी गाँउपालिकामा निर्माण सम्पन्न गरेको ४४ मेगावाटको सुपर मादी जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । 

 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३