विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको मिदिम खोलामा निर्माणाधीन ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत् आयोजनाको काम २५ प्रतिशत पूरा भएको छ । भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाबाट अबको करिब १५ महिनामा बिजुली बाल्ने लक्ष्य छ ।

अहिले आयोजनाको विद्युत्गृह र पाइपलाइनको काम एकसाथ अघि बढेको आयोजना निर्देशक सोमनाथ कँडेलले बताए । उनका अनुसार आयोजनाका लागि ३ हजार ७ सय ३५ मिटर लामो पाइपलाइन निर्माण हुनेछ ।

‘विद्युत्गृह निर्माण गर्न त्यसको जग खन्ने लगायत काम भइरहेको छ, बर्खा सुरु हुनु अगाडि नै जगको काम पूरा हुनेछ,’ उनले ऊर्जा खबरसँग भने ‘बर्खाभरि नै काम नरोकिने गरी हामीले पूर्वतयारीका कामसमेत गरिरहेका छौं ।’

आयोजनाको बाँध क्षेत्रको काम भने बर्खापछि मात्र सुरु गर्ने तयारी छ । आयोजनाको सबै काम पूरा गरी अबको १५ महिनापछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनले बताए । विद्युत् प्राधिकरणले आयोजनाका लागि २०७८ साउनमा विद्युत् उत्पादन गर्ने तालिका तोकेको छ । तर, विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन अवधि लम्बिने बताइएको छ ।

कोरोना महामारीको असरले आयोजनाको काम प्रभावित भएकाले उत्पादन तालिका एक वर्ष थप गर्न प्राधिकरणमा आवेदन दिइएको पनि कँडेलले बताए । प्राधिकरणमा पेश गरेको आवेदनअनुसार आयोजनाबाट २०७९ साउनदेखि विद्युत उत्पादन सुरु हुनेछ ।

उत्पादित विद्युत् २५ किलोमिटर टाढा रहेको प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । प्रसारण लाइनको काम पनि बर्खा सकिएपछि मात्र सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना निर्माण गर्न २०७६ भदौ २६ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएको थियो । १ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुमारी बैंकको अगुवाई  सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वँपुजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३