विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

रामपुर (पाल्पा), पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेको हुबासमा पहिलोपटक विद्युत् सुविधा पुगेको छ । लामो समयदेखि विद्युत्को पर्खाइमा रहेका यहाँका स्थानीयवासी बत्ति पुगेपछि उत्साहित बनेका छन् । यहाँ लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्थामार्फत विद्युत् विस्तार गरिएको हो ।

सामुदायिक विद्युत्का लागि पैसा बुझाएको लामो समय रहँदा समेत सुविधा उपभोग गर्न नपाउँदा स्थानीयवासी निराश बनेका थिए । गाउँमा विद्युत् सुविधा पुगेसँगै टुकीको भरमा निकै कष्ट भोगेका यहाँका स्थानीयवासीलाई अब मोबाइल चार्ज, बत्ती बाल्न, रेडियो बजाउन, टेलिभिजन हेर्न लगायतका विभिन्न सुविधा उपभोग गर्न सजिलो परेको स्थानीयवासी गमबहादुर सारुले बताए । साबिक ज्यामिरे गाविस–१, चारघरेपछि हुबास ज्यामिरेको बिजुली बत्ती उपभोग गर्ने पहिलो टोल बनेको छ । 

हाललाई ६५ घरपरिवारमा विद्युतीकरण सुविधा पुगेको लालीगुराँस सामुदायिक विद्युत् सहकारी संस्था निस्दीका अध्यक्ष दुर्गबहादुर सोमैले बताए । निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले स्थानीयवासीको मिहिनेत, साथ र सहयोगले गाउँमा विद्युतीकरण सुविधा पुगेको भन्दै बाँकी रहेका गाउँमा पनि विस्तार गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३