विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्राहकले नियमित विद्युतम महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण पाेखरीया वितरण केन्द्रको बाँकी बक्यौता करिब ४७ करोड रुपैयाँ पुगेको छ । वर्षौदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो । 

लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको करिब ४७ करोड १६ लाख ३ हजार ६१ रुपैयाँ बक्यौता उठाउनु बाँकी रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नबुझाउनेमा औद्योगिक, व्यापारीक, खानेपानी संस्थान र सडक बत्ती रहेका छन् ।

केन्द्रले २०७९ असारसम्मा ९ सय ४७ जना ग्राहकको लाइन काटिएको छ । यी ग्राहकबाट ९० करोड ५५ लाख ३ सय ६६ रुपैयाँ रकम उठाउन बाँकी थियो । केन्द्रका अनुसार ग्राहको लाइन काटेर कारबाही गरेपछि ५ सय ४३ जना ग्राहकले जरिवाना सहितको ३ कराेड ४ लाख ९७ हजार ६  सय रुपैयाँ रकम बुझाएपछि लाइन पुन जोडिएको छ । 

केन्द्रले गत वर्ष मात्र महसुल नबुझाउने १० जना ग्राहकलाइ कालाे सूचीमा राखेकाे छ । उनीहरूबाट ५ लाख ४६ हजार ३ सय रूपैयाँ उठाएकाे छ । यो अवधिमा केन्द्रले विद्युत चोरी गर्ने ४९० जनालाई पक्राउ गरी कारबाही गरेकाे छ । उनीहरुबाट ५२ लाख ३६ हजार ५ सय ८२ रुपैयाँ असुल गरिएको छ । वितरण केन्द्र अन्तर्गत ३८ हजार ९ सय ६७ जना ग्राहक छन् ।

केन्द्रकाे २४.०९ प्रतिशत चुहावट भइरहेकाे छ । केन्द्रले गत वर्ष २८.४ प्रतिशतबाट ४.३१ प्रतिशत घटाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit