विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा उत्पादित विद्युत खपत बढाउने चर्चा व्यापाक चलिरहँदा २०७९ को पाँच महिनाको अवधिमा करिब १ लाख २८ हजार विद्युतीय चुलो आयात भएको छ । आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त विद्युतीय चुलो भित्रिएका हुन्।

मंसिरसम्मको अवधिमा १ लाख २८ हजार ५ सय ५१ विद्युतीय चुलो नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ७५ हजार ६ सय ९४ इन्डक्सन चुलो र ५२ हजार ८ सय ५७ इन्फ्रारेड चुलो आयात भएका छन् ।

सबैभन्दा बढी इन्डक्सन चुलो चिनबाट आयात भएको छ । चीनबाट ६० हजार १ सउ ४१, भारतबाट १५ हजार ५ सय ५२ र युनाइटेड अरब इमिरेड्सबाट एक वटा चुलो भित्रिएको विभागको तथ्यांकमा छ ।

यस्तै, इन्फ्रारेड पनि चीनबाट नै बढी आयात भएको छ । चीनबाट ५० हजार ८ सय ५७ र भारतबाट २ हजार चुलो आयात भएको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार आव २०७८/७९ मा ३ लाख ९२ हजार ९१ वटा चुलो आयात भएको थियो । जसमा चीनबाट इन्डक्सन ६९ हजार ४ सय ३१ र इन्फ्रारेड ३१ हजार ६ सय ५० वटा आयात भएको थियो । भारतबाट इन्डक्सन १० हजार ५९,  इन्फ्रारेड ७ सय ४३ र अन्य देशबाट इन्डक्सन २०७ र इन्फ्रारेड १ वटा चुलो भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit