विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल भित्रियाे चिनियाँ 'आयोन वाई' ब्रान्डका विश्वस्तरीय विद्युतीय कार

काठमाडौँ । औद्योगिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बढाउन विद्युतीय सवारी साधनको प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । चीनको ग्वान्झाउ अटोमोबाइल ग्रुप कम्पनी लिमिटेड (जिएसी ग्रुप) को सहायक कम्पनी जिएसी आयोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड (जिएसी आयोन) ले उत्पादन गरेको आयोन वाई कम्प्याक्ट क्रसओभर एसयुभी विद्युतीय कार सार्वजनिक तथा पहिलो शोरुम उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

पछिल्लो समय नेपालमा जलविद्युत्‌काे उत्पादन बढ्दै गएको र आगामी दिनमा अझ बढी उत्पादन हुने देखिएकोले विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्द्धनले देशभित्र बिजुलीको बजार तथा खपत बढ्ने उनले बताए । विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न सरकारले लिएको भन्सार कर छुट जस्ता नीतिका कारण नेपालमा विद्युतीय सवारीको प्रयोग र बजार बढ्दै गएको उनले बताए । 

‘विद्युतीय सवारीप्रति सरकारले लिएको उत्कृष्ट नीतिकै कारण अहिले प्रत्येक १० वटा गाडी बिक्री गर्दा ७ वटा इलेक्ट्रिक गाडी नै बिक्री भइरहेको छ,' उनले भने ।

नेपालका लागि सीजी मोटर्स चीनमा बनेको विश्वस्तरीय उक्त विद्युतीय कारको आधिकारिक वितरक कम्पनी बन्न पाएकोमा उनले खुसी समेत व्यक्त गरे । 

उत्कृष्ट विद्युतीय सवारी साधन उत्पादनका लागि जिएसी विश्वमै चर्चित कम्पनी हो । यसले सन् २०३२ मा २८ लाख थानभन्दा बढी परिमाणमा गाडी उत्पादन गरी बिक्री गरेको रेकर्ड बनाएको छ । गुणस्तरमा सम्झौता नगरी किफायती मूल्यको प्रत्याभूत यो कारले दिने सीजी मोर्टस कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार अनुसार यसको सबैभन्दा बलियो र मुख्य विशेषता ब्याट्री रहेको छ । ब्याट्रीकै कारण यो विश्वकै शक्तिशाली गाडी बन्न सकेको छ । यसले दिन माइलेज समेत प्रभावकारी रहेकोले बजेटप्रति सचेत उपभोक्ताको यो रोजाइमा पर्ने देखिएको छ । त्यस्तै, यसको आकर्षक डिजाइनका साथ आरामदायी रहेकोले विश्वमै आयोन वाईप्रतिको आर्षकण बढ्दै जाने देखिएको छ । विभिन्न ७ रङ्गमा उपलब्ध आयोन वाईकाे नेपाली मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

यस्ता छन् आयोन वाईका विशेषता 


   

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३