विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले सार्वजनिक गरेकाे दशैं, तिहार तथा छठपर्व स्कीम ‘शोरुम आयो, लेभनिङ पायो’ काे बिजेता नगेन्द्र खड्की बनेका छन् । ८० भन्दा बढीले भाग लिएका स्कीमकाे बिजेता खड्की बनेका हुन् ।

कम्पनीले खडकीलाई शाेरुममा बोलाएर लेभनिङ एलएक्स ०२ स्कुटर प्रदान गरेको हो । फेसबुक लाइभमा गएर सहभागिहरूको नाम लिस्टिङ् गरि लक्की ड्र मार्फ बिजेता चुनेको कम्पनीले जानकारी दिए ।

कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको २७ वटा डिलर नेटवर्कमा उपलब्ध रहेको थियो ।

नेपालको ३१ वर्ष पुरानो व्यापारिक घराना बज्र ग्रुपले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर, कार साथै अन्य अन्तराष्ट्रिय प्रोडक्टहरू बिक्री वितरण गर्दै आएको छ ।

भी मोटर्स नेपालले हाल लेभनिङका नौ ओटा मोडेलका विद्युतीय स्कुटर र एउटा विद्युतीय साइकल नेपाल भित्र्याएको छ । कम्पनीले हाल एलएक्स ०१, एलएस ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स र एलएसक्स ०८ मोडेलका विद्युतीय स्कुटर बिक्री गरिरहेको छ ।

कम्पनीले उपलब्ध गराउने यी विभिन्न मोडेलका स्कुटरको मूल्य दुई लाख ८५ हजारबाट सुरु भएर ५ लाख ५९ हजार रुपैयाँसम्म रहेको छ । यी विभिन्न मोडेलमा कम्पनीले दुई वर्षको वारेन्टी दिएको छ । साथै मोटर, ब्याट्री र कन्ट्रोलरमा समेत दुई वर्षको वारेन्टी पाउन सकिनेछ ।

नेपाल मोटर्सले विभिन्न अवसरहरूमा नवप्रवर्तन र आकर्षक अभियानहरू लन्च गरिरहेको छ । माेटर्सले  "क्रिसमस एक्सचेन्ज क्याम्प" पनि ल्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit