काठमाडौं । युनिट्स इन्जिनियरीङ कन्सलटेन्सी प्रालि (यूइसी) लागि विभिन्न रिक्त पदमा रोजगारीको अवसर खुलेको छ । युइसीले निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका जलस्रोतमा आधारित पूर्वाधार आयोजनामा खटाउने गरी कर्मचारी मागेको हो ।
आयोजनास्थल र प्रमुख कार्यालयमा खटाउने गरी ३५ कर्मचारी माग गरिएको यूइसीले जनाएको छ । यूइसीका अनुसार एक जना आयोजना संयोजक, ३ जना रेसीडेन्ट इन्जिनियर, ६ जना सिनियर सिभिल इन्जिनियर, १ जना सिनियर जियोलोजिस्ट, ५ जना जियोलोजिस्टको रिक्त पदपूर्ति गर्न आवेदन माग गरिएको छ ।
यसैगरी, २ जना पर्यावरणविद, ३ जना मेकानिकल इन्जिनियर, १ जना सिनियर सर्भेयर, ६ जना सिभिल इन्जिनियर, ४ जना सर्भेयर र ३ जना ड्राफ्ट पर्सन माग गरेको छ । इच्छुकले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।
थप जानकारीका लागि