images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइनको निर्माण सुरु गरेको छ । बाँकेको कोहलपुरमा राखिने टावरको जग शिलान्यास गरी प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । 

सुर्खेतदेखि कोहलपुरसम्म पर्ने प्रसारण लाइनको अध्ययन सम्पन्न गरी संरचना निर्माणको औपचारिक काम सुरु गरिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । उनका अनुसार बाँकेको कोहलपुरबाट प्रसारण लाइनको टावरका लागि जग खन्न सुरु गरिएको छ । 

प्रसारण लाइनको ९० प्रतिशत प्रतिशत रुट वन क्षेत्र पर्दछ । बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म १३ हजार ६५ रुख विरुवा काट्नु पर्ने अध्ययनमा देखिएको छ । सुर्खेतमा ६ हजार ८ सय २०, बर्दियामा ३ हजार ३ सय २० र बाँकेमा २ हजार ९ सय १६ वटा रूख काट्नुपर्ने पनि चौधरीले बताए ।

प्रसारण लाइनको रुटमा पर्ने आवश्यक जग्गाको मुआब्जा वितरणको काम पनि सुरु गर्न लागिएको प्राधिकरणले जनाएको छ । स्थानीयको जग्गा प्राप्तिका लागि मुआब्जा वितरण गर्न उपसमिति गठन गरिएको छ ।

वन क्षेत्र र व्यक्तिका नाममा नपरेको जग्गा जग्गा भएका ठाउँमा भने प्रसारण लाइनको संरचना निर्माण भइरहेको छ । प्रसारण लाइन अन्तर्गत प्राधिकरणले १६१ वटा टावर निर्माण गर्नेछ ।

आयोजना सम्पन्न गर्न ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइनको काम अबको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । 
निर्माण अवधिमा कुनै बाधा, व्यावधान नआएमा निर्धारित समयभित्र प्रसारण लाइन तयार हुने चौधरीको दाबी छ । प्रसारण लाइन निर्माणपछि त्यस क्षेत्रका जनताले पाउने विद्युत सेवाको गुणस्तरमा सुधार हुनेछ । विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सकिनेछ ।

अहिले सुर्खेतमा ३३ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । नेपालगन्जबाट सुर्खेतसम्म तानिएको उक्त प्रसारण लाइन ‘ओभर लोडेड’ छ । प्रसारण लाइनका पोलहरू पनि जीर्ण अवस्थामा पुगेका छन् ।

सानो हावाहुरी र वर्षा हुँदा सुर्खेतमा सधैं जसो विद्युत सेवा अवरुद्ध हुने गरेको छ । १३२ केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि अहिले भइरहेका सबै समस्याको समाधान हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit