विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ४, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत्‌ नियमन आयोगको अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये ७ जनाको नाम 'सर्ट लिस्ट'मा परेको छ । 'विद्युत्‌ नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समिति' ले बुधबार उक्त जानकारी दिएको हो ।

छनोटमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता यही असार ६ गते शनिबार हुने भएको छ । समितिले गत जेठ ७ गते प्रकाशन गरेको सूचना बमोजिम आवश्यक न्यूनतम शैक्षिक योग्यता र कार्यअनुभव पूरा गरेका तथा व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेका उम्मेदवार छनोट गरेको जनाइएको छ ।

सिफारिस समितिले उम्मेदवारको दुई सत्रमा विभाजन गरेर प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिने व्यवस्था मिलाएको छ । पहिलो चरण असार ६ गते शनिबार बिहान ९:०० बजेदेखि सुरु हुनेछ, जसमा केशवध्वज अधिकारी (ललितपुर), डा. रामप्रसाद धिताल (सिन्धुपाल्चोक), मधुप्रसाद भेटुवाल (काठमाडौँ) र मोतीबहादुर कुँवर (काठमाडौँ) छन् । यसैगरी, सोही दिन दिउँसो २:०० बजेदेखि सुरु हुने दोस्रो चरणमा डा. मधुसुधन अधिकारी (काठमाडौँ), डा. भोलानाथ शर्मा घिमिरे (गोरखा) र नारायणप्रसाद सापकोटा (चितवन) रहेका छन् ।

आवेदन दिनेहरूमध्ये रुद्रप्रसाद गौतम, शान्तिकला सुबेदी र रामेश्वरप्रसाद कलवार प्रतिस्पर्धाबाट बाहिरिएका छन् । छनोटमा परेका उम्मेदवारले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि अधिकतम १५ मिनेटको समय पाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३