विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मादी खाेलाकाे बाढी र पहिरोले लघु जलविद्युत केन्द्र बगाएपछि अन्धकार बनेकाे कास्कीको मादी गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पुगेको छ । असार १ गतेकाे भीषण वर्षापछिको बाढी र पहिरोले लघु जलविद्युतको संरचनामा क्षति पुर्याएपछि अन्धकार भएको नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरि विद्युत पहुँच पुर्याएकाे हो ।

गाउँपालिकाको सोडादेखि सिवाङसम्म करिब २ किलोमिटर लामो ११ केभी वितरण लाइन निर्माण गरी विद्युत सेवा विस्तार गरिएको विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्र प्रमुख परितोशकुमार चौधरीले बताए । उनका अनुसार ११ मिटर लामो वितरण लाइन ४० वटा पोल राखेर विस्तार गरिएकाे छ ।

विद्युत सेवा पुगेपछि ६ सय ५० घरधुरी लाभान्वित भएका छन् । ‘लामोसमयदेखि अन्धकार भएको चार्रे, सिवाङ र सिक्लेसमा विद्युत सेवा पुर्याइएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘शनिबार (हिजो) देखि यस ठाउँमा विद्युत सेवा विस्तार भएकाे हो ।’ उनले प्राधिकरणको थोक मिटरबक्स राखि लाइन सुचारु गरिएको बताए ।

सबै घरधुरीमा पहिलेको लघु जलविद्युतको मिटर जडान भएकाले थोक (सामुहिक) मिटर जडान गरिएको पनि चौधरीले बताए । उनका अनुसार एचटी अर्थात सिवाङदेखि घरघरसम्मको लाइन पनि पहिलेकै प्रयोग गरिएको छ । पोखरा प्रादेशिक कार्यालय, वितरण तथा ग्राहक सेवा निर्देशनालय र स्थानीयको सहयोगमा विद्युत सेवा विस्तार गरिएको छ ।

विद्युत अभावका कारण स्थानीयको दैनिकी सँगै वडा कार्यालय, बैंक, सहकारी कार्यालयको सेवा प्रवाहमा समेत असर परेको थियो । गाउँमा मोबाइल चार्जको समेत समस्याले सुचना आदानप्रदान गर्न समेत कठिनाइ भएको थियो । केन्द्रिय लाइनको विद्युत जोडिएपछि सहज भएको स्थानीयले बताए ।

यसअघि यस क्षेत्रमा १ सय किलोवाटको लघुजलविद्युतबाट विद्युत वितरण भइरहको थियो । केन्द्र अन्तर्गत करिब ५४ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit