विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सिन्धुपाल्चाेक (चाैतारा) । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएर विपद्मा परेका नागरिकलाई १० लाख रुपैयाँ बराबरको राहात सामग्री वितरण गरेको छ ।

शनिबार (असार ५ गते) सदरमुकाम चौतारा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत राहात सामग्री वितरण गरिएको हो । राहात वितरणका लागि इपानका महासचिव गोरे शेर्पा, सचिव द्वय बलराम खतिवडा र भरतबहादुर खत्री, कार्यसमिति सदस्य द्वय उत्तम भ्लोन लामा र विक्रम विष्ट चौतारा पुगेका थिए ।

इपानका अनुसार चामल, चिउरा, नुन, मस्यौरा, तेल र ब्लाङ्केट २ बोरा लगायत सामग्री वितरण गरिएको छ । उल्लेखित सामानहरू वास्तविक पीडितसमक्ष पुर्याइदिन इपान सचिव खतिवडा र खत्रीले अनुरोध गरेका थिए ।

प्रभावित क्षेत्रमा सोझै गएर वितरण गर्दा विवाद हुने सम्भावना रहेको हुँदा जिल्ला प्रशासनमार्फत राहात पुर्याइएको खत्रीले बताए । प्रभावित क्षेत्रमा आवश्यक सामान पहिचान भएको खण्डमा सक्दो सहयोग गर्ने इपानले प्रतिबद्धता जनाएको छ ।

अविरल वर्षाका कारण असार १ गते मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्ची बजार तथा खोला किनारका वस्ती बगाएको थियो । अझै पनि खोलामा बाढीको जोखिम रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

‘विपद् भन्ने वित्तिकै सबैले चामल, दाल जस्ता खाद्यन्न सामग्री ल्याउनुहुन्छ तर यो भन्दा अन्य चिजहरू पनि माग भइरहेको छ,’ उनले भने, ‘खाद्यन्नबाहेक स्वास्थ्य सामग्री, बिजुली नहुँदा आवश्यक पर्ने टर्च लाइट जस्ता सामानको पनि माग छ ।’

अहिलेसम्म बाढीमा परेर मृत्यु भएका ३ जनाको मृत्यु भएको पोखरेलले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत २ जना चिनियाँ र एक भारतीय नागरिक छन् । अहिलेसम्म २० जना बेपत्ता रहेका र ८४ जनालाई विभिन्न ठाउँबाट उद्धार गरिएको उनले बताए ।

बाढीबाट सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु र पाँचपोखरी बढी प्रभावित रहेका पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । माथिल्लो तटमा हिमपहिरो गएको अनुमान रहेकाले बाढीको संकट अझै टरिनसकेको उनको भनाइ थियो ।

इपानसँग नेपाल मेडिकल काउन्सिलले पनि बाढी पीडितका लागि लगेको राहात सामग्री जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो । काउन्सिलले आवश्यकता अनुसार अक्सिजन, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्री सहयोग गर्न सकिने काउन्सिलका अध्यक्ष लाेचन कार्कीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३