विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । शिभश्री हाइड्रो पावर कम्पनी करिब २९ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको अर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।

चैतसम्मको अवधिमा कम्पनी २८ करोड ९० लाख ४९ हजार ३ सय १३ रुपैयाँ घाटामा रहेको वित्तिय विवरणमा उल्लेख छ । २२.२ मेगावाट क्षमताकाे अायाेजनाले विद्युत उत्पादन गरेकाे १ वर्ष वितीसक्दा पनि कम्पनी करिब २९ कराेड घाटामा छ ।

कम्पनीले यस अवधिमा २२.२ मेगावाटको माथिल्ला चाकु ‘ए’ जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १७ करोड ९२ लाख २३ हजार ४ सय १५ रुपैयाँ आम्दानी गरेको छ ।  यस्तै, अन्य स्रोतबाट १० करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीकाे आयाेजनाले २०७८ जेठ १ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । २०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित भएको थियो ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तिय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ३ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटकको प्राकृतिक प्रकोपका मारमा परेका कारण लागत केही बढेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit