विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

चितवन (भरतपुर) । विभिन्न समयमा बिजुली चोर्न हुकिङ गर्ने, मिलेमतोमा मिटर बिगार्ने वा उल्टो मिटर जडान गर्ने गतिविधि सुनिएको हो । विद्युतीय क्षेत्रको चोरीमा अब तामाको तारका लागि पोलमा जडान भएको ट्रान्सफर्मर नै चोर्न थालिएको छ । चितवनको देवनगरमा शनिबार यस्तै घटना घट्यो ।

भरतपुर महानगरपालिका–६ को देवनगरमा कृषि सिँचाइका लागि डिप बोरिङ सञ्चालन गर्न बिजुलीको पोलमा जडान गरिएको निक कम्पनीको ५० केभिएको ट्रान्सफर्मर शनिबार चोरी भएको छ । पूर्वकृषि मन्त्री हरिबोल गजुरेलको पालामा स्थानीयको मागपछि महानगरपालिकाको १३ र ६ नम्बर वडाको कृषि जमिन सिँचाइ गर्ने उद्देश्यले केन्द्र सरकारकै सहयोगमा उक्त ट्रान्सफर्मर जडान भएको थियो ।

जडित ट्रान्सफर्मर छेवैमा डिप बोरिङ छ । यसबाट करिब ६० बिघा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याइन्छ । उज्वल डिप भूमिगत जल उपभोक्ता समितिले सञ्चालन गरिरहेको बोरिङ र सिँचाइकै प्रयोजनका लागि ट्रान्सफर्मर जडान गरिएको छ । एकाएक ट्रान्सफर्मर चोरी हुँदा किसानहरूमा निराशा छाएको छ ।

ट्रान्सफर्मरभित्रको तामाको तार निकालेर बेच्ने र त्यसबाट हुने केही हजार रुपैयाँको आम्दानीको लोभमा हजारौं किसानको करोडौंको कृषि उपज नष्ट गर्ने खेल देखिएको छ । ट्रान्सफर्मर चोरीको घटना हेर्दा पेशेवर अर्थात् प्राविधिकरूपमा सबै जानेबुझेको व्यक्ति नै संलग्न भएको स्थानीयहरू बताउँछन् ।
ट्रान्सफर्मरबाट तामाको तार निकालेर बेच्दा करिब २५–३० हजार रुपैयाँ पर्न सक्छ । तर, एउटा ट्रान्सफर्मर किन्न करिब ५ लाख रुपैयाँ आवश्यक पर्छ । हजारको लोभमा लाखौंको सामान नष्ट गर्ने नेपाली भन्दा पनि भारतीय गिरोह हुन सक्ने स्थानीयबासीको आशंक छ ।

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वबाट नभई केन्द्र सरकारकै सहयोगमा ट्रान्सफर्मर जडान भएकोले पनि तुरुन्त केही गर्न सक्ने अवस्था नरहेको भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । पुलिसमा उजुरी दिने र छिटो मर्मत गरेर जडान गरेर प्रयोगमा ल्याउन उनले स्थानीयलाई सुझाव दिए ।

‘प्राधिकरणको पोलमा नभएकाेले याे निजी क्षेत्रले जडान गरेसरह हाे, उहाँहरूले नै व्यवस्थापन गर्नुपर्छ । हामीले केही गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘यद्यपि, मर्मतका लागि विभिन्न वर्कसपमा हामीले समन्वय गरिदिन सक्छौं ।’ यो काम छिटो गरेर अहिले किसानले लगाइरहेको बाली जोगाउनुपर्ने उनको भनाइ छ ।

त्यस क्षेत्रमा अहिले हिउँदे बाली मकै, तरकारी खेती तथा कतिपय ठाउँमा हिउँदे धान रोपिएको छ । अब धमाधम खेत जोतेर बर्खेबाली लगाउने तयारी गर्नुपर्नेछ । त्यहाँ अधिकांश जमिनमा भर्खर गहुँ काटेर भित्र्याइएको देखिन्थ्यो । अब खनजोत गरेर बर्खेबालीका लागि खेत तयार गर्नुपर्ने स्थानीयहरू बताउँछन् ।

सिँचाइका लागि अर्को कुनै विकल्प छैन । त्यही डिप बोरिङ सञ्चालन गरी जमिनमुनिको पानीबाट सिँचाइ हुँदै आएको छ । ट्रान्सफर्मर चोरिँदा तत्कालै किसानहरूलाई ठूलो समस्या परेको महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले बताए ।

‘तत्कालै किसानहरूलाई ठूलो समस्या पर्ने हुँदा ट्रान्सफर्मर मर्मत नहुँदासम्म प्राधिकरणलाई वैकल्पिकरूपमा समस्या समाधान गरिदिन अनुरोध गरिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘यसो भएन भने अहिले लगाइरहेको बालीमा सिँचाइ हुँदैन र बर्खेबाली लगानी तयारीमा पनि ढिला हुन्छ । यसबाट किसानलाई करोडौं रुपैयाँ नोक्सान हुने देखिन्छ ।’

महानगरपालिकाले समेत छिटो ट्रान्सफर्मर मर्मतको प्रक्रिया अगाडि बढाउने कोइरालाले बताए । उता भरतपुर वितरण केन्द्र प्रमुख सिंहले भने वैकल्पिक व्यवस्था गर्न पनि तत्काल नसकिने र यदि महानगरले निवेदन दिए केन्द्रमा अर्को ट्रान्सफर्मरका लागि सिफारिससम्म गर्न सकिने बताए ।

२०७३ कात्तिक ५ गते स्थापना भएको उज्वल डिप भूमिगत जल उपभोक्ता समितिको स्वामित्वमा रहने गरी केन्द्र सरकारले ट्रान्सफर्मर उपलब्ध गराएको थियो । पूर्वमन्त्री गजुरेलको पहलमा २०७५ असार ३० उक्त क्षेत्रमा सिँचाइ प्रयोजनका लागि ट्रान्सफर्मर जडान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit