विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत ५ तह (इलेक्ट्रिकल सुपरभाइजर) का कर्मचारी देवेन्द्र  वैरागीले कोरोना महामारी (काेभिड-१९) को समयमा बिरामीलाई आफ्नो निजी गाडीबाट निशुल्क सेवा सुरु गरेका छन् । विश्वभरी फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै आफ्नो गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरेका हुन् ।

उपचारको अभावमा कुनै पनि बिरामी अस्पताल पुग्न नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले बिरामी बोक्नका लागि निशुल्क सेवा सुरु गरेको बैरागीले बताए । उनले याे सेवा लकडाउन (बन्दाबन्दी) अवधिसम्म सञ्चालन गर्ने पनि बताएका छन् । प्राधिकरणका स्थायी कर्मचारी उनी २ वर्षदेखि गाेरुसिंगे-सन्धीखर्क १३२ केभी प्रसारण लाइनमा कार्यरत छन् ।

‘लकडाउनको समयमा एम्बुलेन्सले मनपरी रूपमा चर्को भाडा लिएर मानवीयता गुमाइरहेकाे अवस्थामा सेवामा जुटेको हु,’ उनले भने, ‘सवारी साधन नपाएर घरमा छट्पटाइरहेका बिरामीका लागि केही भए पनि राहात हाेस् भनेर निशुल्क सेवा सुरु गरेको छु ।’ गाडी नपाएर अस्पताल नपुगी कसैले ज्यान गुमाउन नपरोस् भनेर यो अभियान सुरु गरेको पनि बताए । एम्बुलेन्स नपाएर घरमा लडेका बिरामीका लागि निजी सवारी भएका व्यक्तिलाई सेवा गर्न पनि उनले अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा लकडाउनकाे समयमा गाडी नपाएर अस्पताल जान नपाएकाे र यही कारण बिरामीकाे बिचल्ली भएकाे तथा मृत्यु भएका घटना देखेपछि यस्ता बिरामीका लागि केही गर्छु भनेर आफू अगाडि बढेकाे वैरागीले उर्जा खबरलाई बताए । 'ममा पहिलेदेखि आँट र हिम्मत पनि थियाे, डरभन्दा पनि आत्मविश्वासका साथ काम गरियाे भने जाेगिन सकिन्छ भन्ने लाग्छ,' उनले भने, 'सुरक्षाका उपायबारे मलाई अहिलेसम्म कसैले केही भनेकाे छैन, कुनै संघ संस्थाले सम्पर्क पनि गरेका छैनन्, आफूले व्यक्तिगत रूपमा सम्भव भएसम्मका उपाय अपनाइरहेकाे छु ।'

सुरक्षा उपायबारे आफूले डाक्टरहरूसँग पनि परामर्श लिएर काम गर्ने उनले बताए । उनले बैशाख २३ गते बिहबारदेखि सेवा सुरु गरेकाे अहिलेसम्म दुई जनालाई अस्पताल पुर्याउन सकेकाे बताए । अहिले विभिन्न ठाउँबाट फाेन आइरहेकाे हुँदा आफू त्यसैमा व्यस्त रहेकाे जानकारी दिए । तुल्सीपुर उपमहानगरपालिका-८ हेमन्तपुर दाङका स्थायीबासी वैरागी २०५४ सालमा प्राधिकरणकाे सेवामा प्रवेश गरेका थिए । उनी भलिबलका राष्ट्रिय खेलाडी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३