विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माण सम्पन्न १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको विद्युत बैशाखभित्र राष्ट्रिय प्रसारण ग्रिडमा जोडिने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।

आयोजनाको सबै काम पूरा भई आन्तरिक परीक्षण भइरहेकोले बैशाखभित्र उत्पादन परीक्षण सुरु गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष सुवाश अमात्यले बताए । ‘अहिले आयोजनाको आन्तरिक परीक्षण भइरहेको छ’, उनले ऊर्जा खबरसँग भने, ‘परीक्षणको चरणमा कुनै प्राविधिक समस्या नआएमा तीन साताभित्र आयोजनाको विद्युत प्रणालीमा जोडिनेछ ।’

आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि नेपाल विद्युत प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ,  त्यसपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक साढे ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब २ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत अर्थात ५७ कारोड ४० लाख रुपैयाँ स्वपूँजी छ ।

आयोजनाको थप जानकारी

आयोजनाको नाम : डाउन पिलुवा

प्रवर्द्धक कम्पनी : रिभर फल्स पावर कम्पनी लिमिटेड

क्षमता : १०.३ मेगावाट

जिल्ला : संखुवासभा

हेडरेस पाइप : २.४ किलोमिटर

सबस्टेसन : बानेश्वर

लागत : १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ

ऋण लगानी : १ अर्ब ३२ करोड रुपैयाँ (सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंक)

स्वपूँजी लगानी : ५७ कारोड ४० लाख रुपैयाँ (३० प्रतिशत)

वार्षिक उत्पादन : ५७.६८५ गिगावाट घन्टा 

हिउँद : ७.६८५ गिगावाट घन्टा

बर्खा : ५० गिगावाट घन्टा

निर्माण सुरु : २०७६ पुस

पिपिए अनुसार उत्पादन तालिका : २०७७ चैतदेखि

नयाँ उत्पादन तालिका : २०७९ चैत (२ वर्ष ढिलो)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit