काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा विभिन्न तहमा रोजगारी खुलेको छ । केन्द्रले रिक्त स्थानमा लोकसेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो ।
४ देखि ७ तहकाे ७ रिक्त पदपूर्तिका लागि आवेदन खुलाइएको केन्द्रले जनाएको छ । तहका लागि एक जना इन्जिनियर र एक जना प्राविधिक अनुगमन अधिकृत मागिएकाे छ ।
यस्तै, २ जना प्रशासकीय अधिकृत, १ जना प्रशासन सहायक तथा १ जना प्राविधिक सहायकको पदको लागि आवेदन खुल्ला गरिएको छ । एक जना उप–कार्यालय सहायकको पदका लागि पनि आवेदन मागिएकाे छ ।
याेग्य इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले २१ दिन (आगामी चैत्र २७ गते) भित्र आवेदन दिइसक्नु पर्नेछ । थप ७ दिन दाेम्बर दस्तुरमा आवेदन दिन सकिनेछ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताकाे प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको २ वटा फोटोसहित आवेदन बुझाउनु पर्नेछ ।