विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गते बसेको २७२औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११औं तह (निर्देशक) का गौतमलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उक्त पदको जिम्मेवारीमा रहेका विज्ञानप्रसाद श्रेष्ठले अनिवार्य अवकाश पाएपछि गौतमलाई सोही जिम्मेवारीमा पठाइएको हो । उनी यसअघि, त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए ।

अपर तामाकोसी स्वदेशी लगानीमा निर्मित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न स्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ ।

नवनियुक्त सिइओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाटको रोल्वालिङ खोलाको निर्माणलाई तीव्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरूलाई फरफारक गर्ने लगायत काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोसीको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ । यसको इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा उत्पादन हुनेछ । साथैै, रोल्वालिङ तामाकोसीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुनेछ । योसँगै प्रणालीमा वार्षिक रूपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुने जनाइएको छ ।

रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनी बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव छ ।

२०६० सालमा प्राधिकरणको सेवा प्रवेश गरेका उनले २०६४ सालदेखि २०७२ सालसम्म माथिल्लो तामाकोसीमै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । गौतमले २०७२–२०७३ सम्म ६३५ मेगावाटको दूधकोशी जलाशय आयोजनामा आयोजना प्रबन्धक भएर पनि काम गरेका थिए ।
उनले २०७३ सालदेखि २०७९ सालसम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध निर्देशक रहेर काम गरिसकेका छन् । उहाँ प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रो पावर कम्पनीको सञ्चालकसमेत रहेका छन् ।

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोसीमा  प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit