काठमाडौं । ऊर्जा डेभलपर्सले सहायक कम्पनी मेवा डेभलपर्स लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको ७३.५ मेगावाटको मध्यमेवा खोला जलविद्युत आयोजनामा खटाउने गरी मेकानिकल इन्जिनियर माग गरेको छ । कम्पनीले रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
निर्माणाधीन आयोजनामा मेकानिकल उपकरण जडान, मर्मत तथा उपकरणसम्बन्धी काम गर्नका लागि मेकानिकल इन्जिनियरका लागि आवेदन खुलाएको ऊर्जा डभेलपर्सले जनाएको छ । डेभलपर्सका अनुसार यसका लागि मेकानिकल इन्जिनियिरीङ तथा सम्बन्धित क्षेत्रमा स्नाकोत्तर गरेको र कम्तीमा पनि हाइड्रो पावर क्षेत्रमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
इच्छुक व्यक्तिले कम्पनीको कार्यालयमा प्राप्त हुने गरी आगामी चैत ५ गतेसम्म आवेदन पठाउनुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित कम्पनीको कार्यलयमा प्राप्त हुनेगरी इमेल गर्नुपर्नेछ ।