विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङको मेवा बेसिनमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने गरी अघि बढाइएको १३२ केभी मेवा–चांगे डबल सर्किट प्रसारण लाइन आयोजनाको शिलान्यास गरिएको छ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेद्वारा चैत ३ गते (शुत्रबार) आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र प्रसाद ज्ञवाली, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकास वामेन, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सह-सचिव मधु प्रसाद भेटवाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव अनिल दत्त, स्वतन्त्र सञ्चालक सन्तोष श्रेष्ठ, ताप्लेजुङ्ग जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टंक बहादुर भट्टराई, नापी कार्यालय ताप्लेजुङ नापी अधिकृत विज्ञान बञ्जारा, आयोजना प्रबन्धक प्रज्वल भट्टराई, सिभिल इञ्जिनियर नवीन शर्मा लामिछाने, लेखा प्रमुख ध्रुव प्रसाद भट्टराई तथा उक्त प्रसारण लाइनका निर्माण व्यवसायी  कस्मिक ईलेक्ट्रिकल लिमिटेडका प्रतिनिधीहरू सहभागी थिए ।

लाइन मिक्वाखोला गाउँपालिका-१ मा १३२/३३ केभीको मेवा सवस्टेसनदेखि मैवाखोला गाउँपलिका–१ स्थित ढुंगेसाँघु सवस्टेसनसम्म करिब २० किलोमिटर लामो निर्माण हुनेछ । साथै, आयोजना अन्तर्गत मेवा सबस्टेसन पनि निर्माण हुनेछ ।

निर्माण सुरु भएको आयोजनाको काम ताेकिएकाे समयभित्र सम्मन्न गर्न निर्देशन दिँदै घिमिरेले आयोजनाका लागि आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता जनाए । ६२ वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको काम एपी–७ बाट सुरु गर्न लागिएको हो ।

कम्पनी र आयोजनाको संक्षिप्त जानकारी गराउँदै ज्ञवालीले लाइनले मेवा खोला वेसिनमा निर्माण गरिने मेवा खोला, तल्लो मेवा, सोना खोला, पालुन खोलालगायतका जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब १५० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अहम भूमिका निर्वाह गर्ने बताए ।

‘छुट्टाछुट्टै लाइन निर्माण गर्नु भन्दा एउटा साझा प्रसारण लाइन निर्माण गरी विद्युत प्रवाह गर्न प्राविधिक, आर्थिक तथा पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त देखिएकाले यस आयोजना अगाडि बढाइएको हो’, उनले भने, ‘यस आयोजनाबाट मेवा खोला वेसिनमा निर्माण गरिने जलविद्युत आयोजनाहरू लाभान्वित हुने र आयोजनाको समय सिमा भित्र नै निर्माण कार्य सम्पन्न गर्नेछौ ।’

आयोजनालाई आवश्यक सहयोग गर्ने बताउँदै वामेनले प्रसारण लाइन आयोजनाहरूबाट हुने विविध क्षतिहरू न्युनिकरण गर्न एकिकृत प्रसारण लाइन निर्माण गर्नपर्ने आवश्यकता रहेको बताए । यस्तै, ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला प्रशासन कार्यालयबाट आवश्यक सहयोग गर्ने जानकारी गराउँदै आयोजना सफलता पूर्वक सम्पन्न गर्न शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit