विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निर्माणाधीन २२० केभी चिलिमे-त्रिशूली प्रसारण लाइन र थ्री ‘बी’ हब सबस्टेसन अबको ८ महिनामा सञ्चालनमा आउने भएको छ । ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन र सबस्टेसन २०७९ साउनदेखि सञ्चालनमा आउन लागेको हो ।

नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाई नगर्न र कामदार थपेर कामलाई तीव्रता दिन आग्रह गरेको छ । 

घिसिङले  प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धता अनुसार निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे । ‘यो प्रसारण लाइनमा विद्युत प्रवाह हुने गरी निर्माण भइरहेका ३ वटा जलविद्युत आयोजना सम्पन्न हुने चरणमा पुगेका छन्,’ उनले भने, ‘अब पनि यो वा त्यो बहाना बनाएर निर्माणमा ढिलाई गर्ने छुट प्राधिकरणले दिन सक्दैन ।’ 

उनले अब दिएको तालिका अनुसार पनि काम सम्पन्न गर्न नसक्ने हो भने ठेकेदार कम्पनी र परार्शदाता हात उठाएर जान सक्ने बताए । उनले दिएको तालिकाअनुसार काम सम्पन्न गर्नका लागि नगद प्रवाह र आयोजना स्थलमा हुने अवरोध हटाउनका लागि सहयोग गर्ने बताए । निर्माणमा ढिलाई भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनु पर्ने पनि उनले बताए । 

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभी चिलिमे हब र त्रिसूली थ्री बी हब सबस्टेसन निर्माण भइरहेका छन् । आयोजना अन्तर्गत नै चिलिमेदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन पनि  निर्माणाधीन छ ।  

दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्त्वपूर्ण उपकरणहरूको आपूर्ति ६५ प्रतिशत भइसकेको छ ।

प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ । १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । हाकु क्षेत्रमा १२ वटा टावर निर्माण गर्नु पर्ने छ । अहिले २ वटा टावरको निर्माण सुरु भएको छ । 

भौगोलिकरूपमा बिकट तथा जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, रुट भीरैभीर लैजानु पर्ने, सडक पहुँच नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान र पानी मान्छे एवं खच्चडबाट बोकाएर लैजानु पर्ने कारणले प्रसारण लाइनको काम लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । साथै, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगमा समस्या, स्थानीयबासीको अवरोध, कोभिड–१९ को असर लगायतका कारणले पनि आयोजनाको निर्माणमा ढिलाई हुँदै आएको छ । 

प्रसारण लाइन र सबस्टेसनको निर्माण चीनको पिङगाओ ग्रुप अफ कम्पनीजले गरिरहेको छ । परार्शदाता भने भारतको पावर ग्रिड हो । 
यो प्रसारण लाइनमा प्रवाह हुने गरी जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माणाधीन छन् । यी आयोजनाको विद्युत चिलिमे हब सबस्टेसनमा जोडिनेछ ।

प्रसारण लाइनको समस्याका कारण यी आयोजनाको विद्युत खेर जाने अवस्था आउन लागेपछि घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको हो । टोलीले प्रसारण लाइन निर्माणमा आमाछोदिङमो गाउँपालिका-१ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै गर्दै आएको अवरोधलाई हटाउन छलफल गरेको थियो । गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिण्डु तामाङ र स्थानीयबासीसँग हाकुमा छलफल गरिएको थियो । 

प्रसारण लाइनको अभावमा रसुवाबासीको समेत लगानी रहेका आयोजनाको बिजुली खेर जाँदा कसैले प्रतिफल नपाउने उल्लेख गर्दै  घिसिङले काममा अवरोध नगरी निर्माण कार्यमा सहभागी भई जतिसक्दो छिट्टो काम सक्न दिन आग्रह गरेका छन् । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit