विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालकै सस्तो नमुना जलविद्युत् आयोजनाका रूपमा चर्चा कमाएको ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको वातारणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत भएको छ । करिब २० वर्षअघिदेखि निर्माणको चर्चामा रहेको आयोजनाको इआइए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो ।

बागलुङमा निर्माण अघि बढेको आयोजना विस २०६१ सालदेखि चर्चामा रहेको छ । यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक उत्तरगंगा हाइड्रो पावर कम्पनी लिमिटेडले अघि बढाएको छ ।

मन्त्रालयले केही दिन अघि मात्र इआइए रिपोर्ट स्वीकृत गरेको कम्पनीका प्रबन्ध निर्देशक अम्बिकेशकुमार झाले बताए । कम्पनीले २०७६ असारमै प्रतिवेदन तयार गरी स्वीकृतका लागि मन्त्रालय पठाएको थियो । उनले प्रतिमेगावाट लागतका दरले नेपालकै सबभन्दा सस्तो उक्त जलाशय आयोजनाको इआइए स्वीकृत हुनु कोसेढुंगा भएको जानकारी दिए ।

‘मन्त्रालयले इआइए प्रतिवेदन स्वीकृत गरेसँगै आयोजना निर्माणको बाटो खुलेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत् विकास विभागले अनुमति दिएपछि, वित्तीय व्यवस्था र विद्युत् खरिद सम्झौता (पिपिए) गरेर संरचना निर्माणको काम सुरु गर्छौं ।’ पिपिएका लागि काम भइरहेको छ ।

आयोजना निर्माणपूर्वका सबै काम पूरा गरेर आगामी तीन वर्षभित्र संरचना निर्माणको काम सुरु गर्ने योजना रहेको पनि उनले जानकारी दिए । उनका अनुसार निर्माण सुरु भएको ७ वर्षभित्र अर्थात अबको १० वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य छ ।

आयोजनाको सम्भाव्यता अध्ययन अनुसार निर्माण सम्पन्न गर्न १.०८ बिलियन अमेरिकी डलर अर्थात आजको मूल्यमा नेपाली रुपैयाँ १ खर्ब ४३ अर्ब ३१ करोड ६० लाख अनुमान गरिएको छ । जसअनुसार प्रतिमेगावाट लागत करिब १७ करोड ३० लाख रुपैयाँ लाग्ने देखिएको छ ।

ढोरपाटनको उत्तरगंगा नदीमा २०० मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नदीदेखि निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।

आयोजनामा ८५१० मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने १८७५ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । आयोजनामा दुई वटा भूमिगत विद्युत्‌गृह निर्माण हुनेछ । पहिलो विद्युत्‌गृहमा १०५ मेगावाट क्षमताका ४ वटा युनिट रहने छ । यसैगरी, दोस्रो विद्युत्‌गृहमा १०१ मेगावाट क्षमताका ४ वटा युनिट निर्माण हुनेछन् ।

आयोजना पूरा भएपछि वार्षिक १२९९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत ६५ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको उत्तरगंगा हबमा जोडिनेछ ।

आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादनका लागि योग्य भएको जनाइएको छ  । उक्त आयोजना निर्माणले गण्डकी प्रदेशको समृद्धिका लागि सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit