विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङस्थित मिदिम खोलामा निर्माणाधीन ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको काम ४० प्रतिशत पूरा भएको छ । अबकाे ८ महिनामा विद्युत उत्पादन सुरु गर्ने गरी भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाकाे यति काम सकिएकाे हाे ।

अहिले आयोजनाको विद्युतगृह र पाइप लाइनको काम एकसाथ अघि बढेको कम्पनीका वित्तीय व्यवस्थापक दिनेशराज पन्तले बताए । उनका अनुसार आयोजनाका लागि ३ हजार ७ सय ३५ मिटर लामो पाइ पलाइन निर्माण हुनेछ ।

‘पाइप राख्नका लागि खन्ने काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अबकाे २ साताभित्र भारतबाट पेनस्टक पाइप आइपुग्छ । पाइप आइपुगेपछि धमाधम जडान कार्य सुरु गर्छाैं ।’ उनले विद्युतगृहको पनि जग खनेर ढलान गर्ने काम सकिएको छ । विद्युतगृहमा उपकरण जडानको काम भइरहेको छ ।

आयोजनाको सबै काम पूरा गरी २०७९ साउनभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका रहेकाे उनले बताए । नेपाल विद्युत् प्राधिकरणले आयोजनाका लागि २०७८ साउनमा विद्युत् उत्पादन सुरु गर्ने तालिका तोकेको थियो । तर, कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन अवधि पनि १ वर्ष धकेलिएकाे हो ।

आयाेजना सम्पन्न भइ सञ्चालनमा आएपछि उत्पादित विद्युत् २५ किलोमिटर टाढा रहेको प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिनेछ ।सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणकाे काम पनि सुरु भइसकेकाे  कम्पनीले जनाएको छ । 

कम्पनीले आयोजना निर्माण गर्न २०७६ भदौ २६ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएको थियो । १ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुमारी बैंकको अगुवाई सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वँपुजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit