विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । विद्युत नियमन आयोगले गण्डकी प्रदेशको गोरखा जिल्लामा निर्माण हुन लागेको बुढीगण्डकी–क र बुढीगण्डकी–ख जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयोगले चैत ९ गते (बिहीबार) यी आयोजनाको पिपिए दर निर्धारणका लागि नेपाल विद्युत प्राधिकरणबाट पेश भएको निवेदन उपर सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

 नौलो नेपाल हाईड्रोइलेक्ट्रिक लिमिटेडद्धारा पवर्द्धित १०३.४ मेगावाटको बुढीगण्डकी-क र २२६ मेगावाटको बुढीगण्डकी-ख जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न लागिएको आयोगले जनाएको छ ।

उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सञ्चार माध्यम, स्थानीय तहका प्रतिनिधि, तथा सरोकारवालाहरूलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरिएको छ । साथै, सरोकारवालाहरूले आयोगको कार्यालयमा लिखित रुपमा समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सक्नेछन ।

बुढीगण्डकी–क र ख दुवै आयोजनाका लागि वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खा याममा पिकिङ अवधिभर प्रतियुनिट १०.५५ रुपैयाँ र नन पिकिङ अवधिका लागि प्रतियुनिट ८.४० रुपैयाँ कायम गर्ने गरी प्राधिकरणले प्रस्ताव गरेको छ ।

बुढीगण्डकी ख आयोजना पूरा भएपछि वार्षिक १२१४.१२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना पूरा गर्न ५७९९.२६ करोड लागत अनुमान गरिएको छ । बुढीगण्डकी–क पूरा भएपछि वार्षिक ५४१.३७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ  । यो आयोजना पूरा गर्न ३१३२.०१ करोड लागत अनुमान गरिएको छ ।

सुनुवाई कार्यक्रम चैत ९ गते (बिहीबार) सानो गौचरणस्थित विद्युत विकास विभागको सभाहलमा दिउँसाे १२ बजेदेखि ४ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit