विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उत्पादन बन्द भएको करिब डेढ महिनापछि सिन्धुपाल्चोकस्थित ७.५ मेगावाटको इन्द्रावाती तेस्रो जलविद्युत केन्द्र सञ्चालनमा आउने भएको छ । गत असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीका कारण विद्युत प्रवाह हुने प्रसारण लाइनमा क्षति पुगेपछि प्रणालीबाट बिच्छेद भएको विद्युत पुनः जोडिन लागेको हो ।

बाढी र पहिरोले बगाएको ६६ केभी प्रसारण लाइनको ५ वटा टावर पुनर्निर्माण गरी विद्युत उत्पादन सुचारु गर्न लागिएको प्रवर्द्धक नेशनल हाइड्रो पावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । ‘बाढीले बगाएका प्रसारण लाइनको टावर निर्माण गरी तार तान्ने काम पनि सम्पन्न भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब उत्पादन सुरु गर्न सुरुङमा पानी भर्दैछौं।’

सुरुङ भरिएपछि सम्भव भएसम्म आज (बुधबार) रातिसम्ममा विद्युत उत्पादन सुचारु गर्ने तयारी भइरहेको पनि उनले बताए । कम्पनीले प्रसारण लाइन र जलविद्युत केन्द्रको बाँध क्षेत्रको संरचनामा क्षति भई उत्पादन बन्द हुँदा डेढ महिना अवधिमा विद्युत बिक्रीबाट हुने ३ करोड रुपैयाँ बढी आम्दानी गुमाएको छ ।

यो अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी गुम्नुका साथै प्रसारण लाइनको टावर निर्माण गर्दा थप ५० लाख रुपैयाँ खर्च भएको उनले बताए । बाँध क्षेत्रमा बाढीले भत्काएको संरचना निर्माण गर्दा पनि करिब ७० लाख रुपैयाँ खर्च भएको उनले बताए ।

बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको कम्पनीले जनाएको छ । हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

बाढी र पहिरोले पुर्याएको क्षतिका कारण गत असार १ गतेदेखि नै जलविद्युतगृहको उत्पादन बन्द छ । प्रसारण लाइनको टावर पुनर्निर्माणका लागि नयाँ ठाउँ खोज्नु परेकाले उत्पादन सुचारु गर्न समय लागेको पाण्डेले बताए ।

‘बाढीले मेलम्ची नदीको पुल नै भत्काएकाले निर्माण सामाग्री ढुवानी गर्न समय लाग्यो । फेरि प्रसारण लाइनको टावर ठड्याउनका लागि पनि नयाँ ठाउँमा जग्गा खोज्नु पर्यो । यही कारणले उत्पादन सुरु गर्न समय लागेको हो’ उनले भने । इन्द्रावती तेस्रोको संरचनामा गत वर्षको बाढीले पनि क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३