विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ९.९४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ३३ केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले निर्माणाधीन काबेली–१ क्यासकेड जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

प्रदेश नम्बर १ अन्तर्गत पर्ने पाँचथरको हिलिहाङ गाउँपालिका स्थित आयोजनाको विद्युतगृहदेखि सोही जिल्लाको याङबरक गाउँपालिका वडा नम्बर ५ मा रहेको काबेली बी–१ जलविद्युत आयोजनाको पुलिङ सबस्टेसनसम्म ३ किलोमिटर लामो लाइन निर्माण गर्न लागिएको हो ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । विभागले विद्युत ऐन २०४९  को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १५ बमोजिम कम्पनीलाई अनुमतिपत्र दिन लागेको हो । कम्पनीलाई अनुमति पत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभाग तथा कम्पनीको कार्यालयमा आइपुग्ने गरी सरोकारवालाबाट राय/सुझाव मागिएको हो ।

लाइनमा करिब ४९ वटा पोल निर्माण हुनेछन् । एक पोलदेखि अर्को पोलसम्मको दुरी औसतमा ५० मिटर हुनेछ । लाइनको काम निर्माण सुरु भएको ६ महिनाभित्र पूरा हुनेछ । निर्माणाधीन जलविद्युत आयोजनाको ९५ प्रतिशत काम पूरा भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit