विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात् १ बराबर १ कित्ताका दरले हकप्रदेश सेयर जारी गर्ने भएको छ । पाँचथरमा १४.९ मेगावाटको हेवाखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले बैंकसँग लिएको ऋण तिर्ने प्रयोजनाका लागि सेयरधनीलाई हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।

कम्पनीले हाल कायम रहेको जारी पुँजी रु. १०० अंकित दरमा कुल ९६ करोड २५ लाख रुपैयाँ बराबरका १ः१ अनुपातमा ९६ लाख २५ हजार थान सेयर निष्काशन गर्न लागेको हो ।

पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त हकप्रद सेयर निष्काशनको प्रस्ताव कम्पनीको आगामी वार्षिक वा विशेष साधारणसभामा पेश गर्ने जनाएको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजना हेवा एमा सानिमा बैंकको अगुवाईमा बैंक तथा वित्तीय समुहले कर्जा लगानी गरेका छन् । आयोजना निर्माणकै क्रममा २०८० असार २ गते आएको बाढीले क्षति पुर्‍याएको थियो । उक्त क्षतिपछि मर्मत गरी आयोजना सञ्चालमा ल्याउने क्रममा यही वर्ष २०८१ असोज १० गते आएको बाढीले पुनः क्षति पुर्‍याएको थियो । उक्त क्षतिको पुनर्निर्माणका लागि सहवित्तीयकरणका बैंकहरुले पुन: कर्जा लगानी गरेका छन् । बैंकहरुको साेही कर्जा भुक्तानीका लागि कम्पनीले हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३