विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २७, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ताप्लेजुङमा १२ मेगावाटको 'सुपर काबेली खोला जलविद्युत् आयोजना' सफलतापूर्वक निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन गरिरहेको हिलटन हाइड्रो इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको शनिबार सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले उक्त निर्णय गरिएको हो ।

कम्पनीका अनुसार चुक्ता पुँजी रु. ६८ करोडको २० प्रतिशतले हुन आउने रु. १३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । निर्णयअनुसारको लाभांश रकम आगामी असोजको पहिलो सातादेखि वितरण गरिने भएको छ ।

२०८१ साल चैत २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको यस आयोजनाले विद्युत् खरिद सम्झौता (पिपिए) बमोजिमको वार्षिक लक्ष्यमा उल्लेख्य सफलता हासिल भएको जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग वार्षिक ७ करोड ४३ लाख युनिटको सम्झौता रहेकोमा कम्पनीले ७ करोड १९ लाख युनिट (९६.७८ प्रतिशत) विद्युत उत्पादन गर्न सफल भएको छ । विशेषतः सुख्खायाममा लक्ष्यभन्दा बढी अर्थात् १०६ प्रतिशत र वर्षायाममा ९५ प्रतिशत विद्युत उत्पादन गरी कम्पनीले आफ्नो वित्तीय स्थितिलाई अत्यन्त बलियो बनाएको कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिए ।

सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयका लागि रु. १७ करोड बराबरको १७ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कार्कीले बताए । 'त्यसका लगि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकिएको र स्वीकृति पाउनासाथ शेयर निष्कासन गरिने छ,' उनले भने ।

कम्पनीले आफ्नो दीर्घकालीन वित्तीय संरचना थप मजबुत बनाउन अन्य दुई जलविद्युत् कम्पनीमा रु. १७ करोड रणनीतिक लगानी गरेको छ । लगानी गरेका कम्पनीहरूमा कालिका इनर्जी लिमिटेड (रु. ८.५ करोड) र हाइड्रो माइलेज लिमिटेड ( रु. ८.५ करोड) रहेका छन् । यस लगानीबाट प्राप्त हुने प्रतिफलले भविष्यमा सेयरधनीलाई थप उच्च प्रतिफल दिन मद्दत पुग्ने विश्वास लिइएको छ ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै हिलटन हाइड्रोले हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित जलविद्युत् आयोजना, स्थानीय समुदाय र पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख योगदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३