विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । यो वर्ष (२०७९ साल) को साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आर्जन भएको छ ।

विद्युत नेपाल विद्युत प्राधिकरणका अनुसार यही कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ ९द्द व्गलभ द्दण्द्दद्द० बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगेको प्राधिकरणले जनाएको छ ।

सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि, २७ जेठ ९ज्ञण् व्गलभ द्दण्द्दद्द० बाट दैनिक ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै थियो । गत कात्तिक १८ र ३० गतेबाट क्रमश ः चिलिमे र सोलुखोलाको विद्युत निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति ४०९ मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमश ः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उद्योगहरूले अहिले स्वीकृति लोडअनुसार विद्युत नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक करिडोरमा विद्युतको माग बढ्न सकिरहेको छैन,’ उनले भने, ‘अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको विद्युत आगामी पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान छ ।

आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले, हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट  ८.२३ रुपैयाँ रहेको छ ।

विद्युत निर्यातको विवरण रकममा

महिना निर्यात ऊर्जा (युनिट) भारतीय रुपैयाँ नेपाली रुपैयाँ औसत दर प्रति युनिट(नेपाली रुपैयाँ)
जेठ ६ करोड ५९ लाख १९ हजार ५० करोड ४ लाख ८० करोड ६ लाख १२.१५
असार २३ करोड ३२ लाख ४ हजार १ अर्ब २७ करोड ३८ लाख २ अर्ब ३ करोड ८१ लाख ८.७४
साउन २४ करोड २६ लाख ८३ हजार १ अर्ब २५ करोड ८० लाख २ अर्ब १ करोड २७ लाख ८.२९
भदौ २४ करोड ६७ लाख ८५ हजार १ अर्ब ४९ करोड ९२ लाख २ अर्ब ३९ करोड ८८ लाख ९.७२
असोज २६ करोड ६५ लाख २७ हजार १ अर्ब ९ करोड ६१ लाख १ अर्ब ७५ करोड ३८ लाख ६.५८
कात्तिक २० करोड ७४ लाख १९ हजार ८६ करोड ६० लाख १ अर्ब ३८ करोड ५५ लाख ६.६८
जम्मा १ अर्ब २६ करोड २५ लाख ३८ हजार ६ अर्ब ४९ करोड ३५ लाख १० अर्ब ३८ करोड ९६ लाख ८.२३

स्रोत : नेपाल विद्युत प्राधिकरण 

थप २३.५ मेगावाट निर्यात अनुमति

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत बिक्रीका लागि अनुमति दिएको हो ।

प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा बिक्रीका लागि अनुमति पाएको छ । प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखूखोला ए, २५ मेगावाटको काबेली बी–१,२२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१, ४२ मेगावाटको मिस्ट्री खोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला र २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणसमक्ष पेश गरेको थियो । त्यसमध्ये चिलिमे र सोलुखोलाको विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit