विद्युत अपडेट

  • प्राधिकरण : ८१०६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४८५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१६५२ मे.वा.घन्टा
  • आयात : ६८ मे.वा.घन्टा
  • निर्यात : १८५३३ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४७७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९२२ मे.वा.
२०८३ साउन ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् आयोजनाको निर्धारित व्यावसायिक विद्युत् उत्पादन मिति (आरसिओडी) थप गर्ने विषयमा  नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच गम्भीर छलफल हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठकै उपस्थितिमा बुधबार छलफल गर्न लागिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । 

अपरान्ह साढे ४ बजेका लागि तय गरिएको छलफलमा आरिसिओडी थप नहुँदा समस्यामा परेका विद्युत् आयोजनाहरूको समस्याको तत्काल समाधान गर्ने विषयमा छलफल हुने बताइएको छ । ‘सम्भवतः आजै केही आयोजनाको आरसिओडी थपको निर्णयसमेत हुने हुन सक्छ,’ सचिवालयका एक सदस्यले भने ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सहित निजी क्षेत्रका ऊर्जा उद्यममीहरूले विभिन्न कारणले आरसिओडीको म्याद गुज्रिएका आयोजनाको म्याद थप गरी समस्या समाधान गर्न माग गर्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३