विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौ । बिगू गाउँपालिका वडा नम्बर–१ लप्चीमा निर्माणाधीन लप्चीखोला जलविद्युत आयोजनाको काम ५ दिनदेखि ठप्प भएको छ । लप्चीमा एमभी दुगड ग्रुपले प्रवर्द्धन गरेकाे नासा हाइड्रो पावर कम्पनीले १६० मेगावाटको लप्ची जलविद्युत आयोजनाकाे पूर्वाधार निर्माण जारी छ ।

आयाेजनाले  स्थानीयलाई बेवास्ता गरेकाे भन्दै स्थानीयले काम बन्द गराएका हुन् । आयाेजनालाई आवश्यक जनशक्ति स्थानीयकाे सीप र दक्षता अनुसारको राेजगारीकाे माग गर्दा उल्टै काम गरिरहेका जनशक्ति कामबाट निकालेकाे आराेप छ ।

आयोजनाका कामदारहरुलाई कामबाट निकालिएपछि विभिन्न माग राखेर स्थानीयले कार्तिक २८ गतेदेखि आयोजनाको काम ठप्प पारेका हुन् । कामबाट निकालिएका मजदुरको पुनर्बहाली गर्नुपर्ने, सामाजिक विकासमा आयोजनाले काम गर्नुपर्ने, आयोजनाका गतिविधि पारदर्शी हुनुपर्ने लगायतका माग पूरा गराउन काम गर्न नदिईएको स्थानीयबासी पेम्बा तमाङले बताए ।

´आयाेजना बन्नु पर्छ भन्ने हाम्रो पनि माग हाे, माथिल्लो तामाकोसी पनि हाम्रो सहयाेगमा बन्यो, हामीले पजि काम गर्याैं,´ उनले भने ´याे आयाेजनामा स्थानीयसँग कुनै समन्वय छैन, कमिसनका लागि केही व्यक्ति दालचाम, तरकारी समेत आफैं खरिद गर्छन् ।´

स्थानीयलाई उपभोक्ता समिति मार्फत नियुक्ति दिएर तलब दुगड ग्रुपबाट भुक्तानी हुन्छ । कामले तिब्रता दिने बेला स्थानीय कामदारलाई कामबाट निकाल्नु स्थानीयमाथिकाे अन्याय भएको अर्का मदन श्रेष्ठले बताए । आयाेजनाबाट २ पटक गरि ३७ जनालाई कामबाट निष्कासन गरेको छ ।

आयाेजनाले सुरूङमार्ग, सडकमार्ग लगायतका पूर्वाधारको निर्माण गरिरहेकाे छ । स्थानीयले आफ्ना माग धेरै अघिदेखि राख्दैकाे तर आफ्ना माग मुख्य व्यवस्थापनसम्म नपुर्‍याउने

आयोजनाको मुख्य निर्माणकर्ता दुगड कम्पनी अन्तर्गत काम गरीरहेको सुमो कन्स्ट्रकसनका मानव संसाधन विभागका फोकल पर्सन हेमराज तामाङले कार्यक्षेत्रमा नासा हाइड्रो पावर कम्पनी र गौरीशङ्कर संरक्षण क्षेत्रबीच आवश्यक समझदारी गर्नुपर्ने भएकोले केही समय कामदारलाई बिदा बस्न भनिएको बताए । आयोजनास्थल पुग्ने पहुँचमार्ग अन्तर्गत हाल निर्माणाधिन सुरुङमार्ग र आउटलेटमा करिब १ सय २० जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३