विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो ६ महिनाको अवधिमा ३३५० मेगावाटका आयोजनाले अध्ययन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएका छन् । निजी तथा सरकारी ऊर्जा उत्पादकहरूले पहिचान गरेको उक्त क्षमताका २९ आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका हुन् ।

आर्थिक वर्ष २०८० को वैशाखदेखि असोजसम्ममा ३३५०.१९५ मेगावाटका २९ आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएको विद्यु्त् विकास विभागकाे तथ्यांकमा उल्लेख छ । विभागका अनुसार ३ मेगावाटदेखि १२०० मेगावाटसम्मका आयोजनाले आवेदन दिएका हुन् ।

अध्ययन अनुमतिका लागि आवेदन दिएका आयोजनामध्ये सबैभन्दा ठुलो १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना रहेको छ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडले पहिचान गरेको उक्त आयोजनाले साउन ३० गते अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । 

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणले पहिचान गरेको ६८३ मेगावाटको सुनकोसी–३ जलाशय आयोजना रहेको छ । यो आयोजनाले अध्ययन अनुमतिका लागि असार ८ गते आवेदन दिएको हो । यस्तै, ६५० मेगावाटको तामाकोसी–३ ले भदौ १२ गते अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । टि.थ्री हाइड्रो कम्पनी प्रालीले आयोजनाको काम अघि बढाउन अध्ययन अनुमतिका लागि आवेदन दिएको हो ।

९७ मेगावाटको भेरी जैरी (पिआरओआर), २०३ मेगावाटको माथिल्लो बुढीगण्डकी, ७७.६ मेगावाटको ज्लावा तिला, ७७.८७० मेगावाटको सुपर भेरी, ६१ मेगावाटको तल्लो लोती कर्णाली, ९५ मेगावाटको माथिल्लो लोती कर्णाली, २४.७६० मेगावाटको माथिल्लो घाटगंगाले पनि अध्ययन अनुमतिका लागि आवेदन दिएकाे तथ्यांकमा छ ।

५ मेगावाटको साङ्लो खोला, २ मेगावाटको सिसा खोला–ए, ५ मेगावाटको भूरुण्डी खोला, ५ मेगावाटाको सुपर कवाडी खोला स्टोरेज, २० मेगावाटको तल्लो चमेलिया, ९.५ मेगावाटको टक्सार पिखुवा क्यासकेड, ८ मेगावाटको माथिल्लो सिवा, ९.५९० मेगावाटको बूढीगंगा–१ लगायत अन्य ११ जलविद्युत् आयोजनाले पनि अध्ययन अनुमतिका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३